०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

समाचार

आर्थिक अनियमितता सम्बन्धि समाचार बाहिरिएपछि जनकपुर जेसीज एक्सनमा

न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावण । संस्थामा अनियमितता भएको भन्दै समाचारहरु बाहिरिएपछि जनकपुर जेसीजले यसको छानबिनका लागि समिति बनाउने भएको छ । समिति बनाउनका लागि जेसीजले बुधबार साधारणसभा आह्वान गरेको छ । समाचार मार्फत् आएका बिषयको बारेमा छलफल गर्दै त्यस सम्बन्धी छानबिनका लागि समिति बनाउने उद्देश्यले साधारण सभा आह्वान गरिएको जनकपुर जेसीजका अध्यक्ष राज कुमार साहले […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० श्रावण । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय […]

न्युजमधेस डेस्क काठमाडौ,१० साउन। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख […]

जनकपुरधाम । जनकपुरधाम को पबित्र स्थल जानकी मन्दिर को परिसर बाट एक जना सहयोगापेक्षी बृद्ध को मानव सेवा आश्रम ले उद्धार गरेको छ । साथै घर परिवार र आफन्त विहीन भई मन्दिरको पेटीमा जीवन गुजारा गर्दै आइरहेको बृद्ध लाई मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा लिएको छ , मानव सेवा आश्रम का केन्द्रिय सचिव सुमन मानवसेवा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० श्रावण ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले भेटवार्ता गरेका छन्। भेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल भएको बताइएको छ। उपमेयर डंगोलसँग कार्यकक्षमै भेट गरी उनीहरूले यस विषयमा छलफल गरेका हुन्। छलफलका क्रममा उपमेयर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावण । जनकपुर जेसीजका निवर्तमान पदाधिकारीले संस्थाको रकम आफूखुशी चलाएका छन् । जनकपुर जेसीजका निवर्तमान अध्यक्ष र का.उपाध्यक्ष मिलेर संस्थाको लाखौं रकम पचाएको पाइएको छ । निबर्तमान अध्यक्ष मनोज साह र निबर्तमान का .उपाध्यक्ष उपेन्द्र साहले जनकपुर जेसीजमा आर्थिक चलखेल गरेको खुल्न आएको छ । उपेन्द्र यसअघि कार्यकारिणी उपाध्यक्ष थिए । तर […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० श्रावण । आगामी प्रतिनिधि सभाको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट इन्जिनियर, शिक्षक जय शाहले उम्मेदवारी दिने भएका छन् । स्थायी घर बर्दिवास नगरपालिका १३ भएका ३२ वर्षीय शाहले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । यसअघि निर्वाचित सांसदहरुले नतिजामुखी काम नगरेको भन्दै आफूले उम्मेदवारी दिनुपरेको उनले बताए । भारतको बैंगलोरबाट इन्जिनियर […]

न्यूजमधेश डेस्क चितवन ,१० श्रावण। चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका […]