२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

समाचार

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

न्यूजमधेश डेस्क काठमाडौं ,२४ मङ्सिर । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ मंसिर । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ । निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो । जनमत पार्टीले आयोगमा पेस गरेको सांसदको क्लष्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ मङ्सिर । सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब रु दुई अर्ब ५७ करोड प्राप्त हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ मंसिर। मंसिर ४ को निर्वाचनको नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन् । डा.राउतले आज एकै दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । […]

मतदाता समक्ष गरेको वाचा पूरा गराउन जनमत सरकारमा जान्छ : सिं धीरेन्द्रप्रसाद साह जनकपुरधाम,२१ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २(क) बाट नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहले मतदाता समक्ष गरेको प्रतिबद्धता पूरा गराउन सरकारमा सहभागीका लागि कुराकानी अगाडि बढेको बताउनुभएको छ । जनमत पार्टीको नीति निर्देशन, सुझाव र सल्लाहलाई आत्मसात गरेर सरकारमा सहभागी […]

चतुर यादव, २१ मंसिर । सिरहा जिल्लाको औरही गाउँपालिकामा रहेको श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेको छ । औरही गाउँपालिकाको औरहीमा रहेको सो विद्यालयमा शिक्षकको अभावले एक वर्ष देखि विद्यार्थीहरुको पठन पाठनमा अबरोध भएपछि आफुहरुले ताल्चा लगाएको विद्यार्थीहरुले रेडियो गंगाजललाई जानकारी दिएका छन् । नजिकै एस.इ.इ.आउदै छ हाम्रो पठन […]

न्यूजमधेश डेस्क रौतहट ,२० मंसीर ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) मधेश प्रदेश अन्तर्गतका शिक्षालयमा कार्यरत करारका एक कर्मचारीको दादागिरीले सीमा नाघेको छ । बारामा सञ्चालित सीटीईभिटी अन्तर्गतका प्रसौनी बहुप्राविधिक शिक्षालयमा करार सेवामा कार्यरत प्रशासकीय अधिकृत मुकेश कुमार साहको दादागिरीले सिमा नाघेको हो । कर्मचारी साहको दादागिरीले विद्यार्थी, अभिभावक तथा सेवाग्राहीहरु आजित भएपनि सम्बन्धित […]

रामविकास चौधरी लुम्बिनी, १९, मङ्सिर। रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् । त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक […]