२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

समाचार

प्रधानमन्त्रीलाई बिभिन्न माग राख्दै लोसपाले पठाए ज्ञापन पत्र

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिभिन्न माग राख्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत् पठाइएको ज्ञापनमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने र वैवाहिक अंगीकृतलाई बर्तमान कानुन अनुसार नै नागरिकता दिने कार्य हालसम्म हुन नसहेकाले द्रूत गतिमा अगाडि बढाई कार्यान्वयन गर्न माग गरिएको छ । मधेश÷थरुहट […]

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा आज दुई दाजुभाइको शव फेला परेको छ । कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उनका फुपूको छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाएको छ । […]

न्यूजमधेश डेस्क राजविराज, २७ असार ।सप्तरीका प्रशासन प्रमुखहरुले वर्षाका लागि सोमबार सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा स्थित बाबा बनस्खण्डी मठमा पूजा गरेर वर्षाका लागि गुहार गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले लगायत सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुखहरुको टोलीसँगै मठमा पुगि वर्षाका लागि गुहार गर्दै […]

न्युजमधेस डेस्क सांघाइ,२७ असार। चीनको सांघाइमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ । सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ ।  आइतवार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो । […]

न्यूजमधेश डेस्क नयाँ दिल्ली,२७ असार। भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ। पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार […]

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। धनुषा जिल्लाको सबैला नगरपालिका वार्ड नं. १२ रघुनाथपुरको बरकुर्वा स्थित फकिरचन्द गामी मा.वि. परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । बिधालयलाई हरियाली बनाउने र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जोगाउन बिधालय वरिपरि बृक्षारोपण गरिएको तथा  बिधालयको वातावरणलाई हराभरा बनाउने उदेश्यले बृक्षारोपण गरिएको बताएको छ। विद्यालय व्यवस्थापन समितिको सक्रियता र अगुवाईमा सवैला […]

न्युजमधेस डेस्क बिराटनगर,२७ असार। प्रदेश नं. १ को नाम पहिचानका आधारमा नभए लिम्बुवान–किरात संयुक्त संघर्ष समितिले आन्दोलन चर्काउने चेतावनी दिएको छ। आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रदेश नं १ को नामकरण भौगोलिक अवस्था, सामाजिक, साँस्कृतिक, ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानका आधारमा हुनुपर्ने नत्र आन्दोलन चर्काउने चेतावनी दिइएको हो। नामाकरण टुंगो लगाउन राजनीतिक दलहरूले छलफल बढाएसँगै लिम्बुवान–किरात […]

न्यूजमधेश डेस्क सिरहा,२७ असार। प्रहरीले अबैध लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।