२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

समाचार

सिरहामा ब्राउन सुगरसहित युवक पक्राउ

न्यूजमधेश डेस्क सिरहा,२७ असार। प्रहरीले अबैध लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। प्रस्तावित नागरिकता विधेयक पारित हुँदा हालसम्म नागरिकतबााट वञ्चित ११ लाख जनाले नेपाली नागरिकता प्राप्त गर्ने दाबी गरिएको छ । महिला कानुन विकास मञ्च (एफडब्लूएलडी) ले सरकारले हालै प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक जस्ताको तस्तै पारित भए ११ लाख नागरिकताविहीनले नागरिकता पाउने दाबी गरेको हो । एफडब्लूएलडीका कार्यकारी निर्देशक सविन […]

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ। अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने […]

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा विकल्प खोज्न र पुनः अध्ययन गर्न दिएको आदेशलाई लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालगायत तीन दलका नेताले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन्। आइतबार प्रोपब्लिकलगायत कानुन आबद्ध विभिन्न संगठन, वातावरणविद्ले आयोजना गरेको निजगढ फैसला कार्यान्वयनको मार्गचित्र विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा […]

न्यूजमधेश डेस्क उदयपुर,२७ असार । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो ।अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । अजिङ्गरलाई कोशी […]

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका […]

न्युजमधेस डेस्क बुटवल, २६ असार : त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने । सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । अनि उनलाई सहचालक बनेर सघाइरहेकी […]

न्युजमधेस डेस्क उदयपुर,२७ असार। उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित एक सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा अजिंगर बोका निल्दै गरेको अवस्थामा फेला परेको छ । सगरमाथा सामुदायिक वन क्षेत्रमा चर्दै गरेको करिब १२ किलोग्रामको बोका अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको स्थानीयहरूले बताए । जंगल चर्न गएको स्थानीय कृष्ण दाहालको बोका अजिंगरले खाँदै गरेको अवस्थामा भेटिएको […]