न्यूजमधेश डेस्क जनकपुरधाम , १९ कार्तिक । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो । २० वर्षीया बलात्कार पीडित सोनाली सिंह (निहारिका)ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परिक्षण गराउँदा म्याच भएको हो । […]
न्यूजमधेश डेस्क विराटनगर, १९ कात्तिक । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् । विराटनगर–६ स्थित रामपुरमा शुक्रबार आयोजित सभालाई सम्वोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचन बिजयी गराई मुलुकमा रहेको भष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे । उनले सङ्घीयता स्वायत्ताका साथ लागु भएमा […]
सिरहा: आउदो कार्तिक २२ गते सिरहाको बरियारपट्टी गाउँपालिकाको जिझौलमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आउने भएको छ। जनमत पार्टी चुनावी प्रचार प्रसार समिती सिरहा -२ को आयोजनामा हुन गैरहेको सभालाई सम्बोधन डा. राउत आउन लागेको जनमत पार्टीका विद्यार्थी नेता देब कुमार पासवानले बताउनु भयो। मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा […]
जनकपुरधाम, १६ कार्तिक । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ जारी गरेको छ । मधेस प्रदेश सरकारले स्वतन्त्र तथा नियमनकारी भूमिका निर्वाह गर्न चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको परिकल्पना गरेको अवस्थामा मधेस प्रदेशमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,१५ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले […]
न्यूजमधेश डेस्क काठमाडौं ,१४ कार्तिक । गत शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार सकिएको छ । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका भक्तजनहरुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिएको हो । काठमाडौंको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नख्खु लगायतका स्थानमा व्रतालुहरुले निर्माण गरिएको छठ घाटमा आइतबार जागा भइ सोमबार […]
एजेन्सी भारत ,१४ कार्तिक । गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा छानबिन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी नेकपा (एमाले)की नेत्री जुलीकुमारी महतो (महासेठ)लाई स्पष्टीकरण सोधेको छ । २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि […]