लिलाराज खड्का बिर्तामोड, ९ कार्तिक। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका ९ मिलनचौकमा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । उहाँको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधवार पूर्वबाट पश्चिमतर्फ आउँदैगरेको प्रदेश १–०१–०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट […]
देवराम प्रसाद यादव सप्तरी ,९ कार्तिक । सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, जनमत पार्टीका युवा नेता सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मण्डलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । मन्त्री साह जसपा–एमाले गठबन्धनबाट, सतिश सिंह जनमत पार्टीबाट तथा सरोज मण्डल सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार दिएका किशोरी साह कमललाई जिताउन जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश गर्नुभएको छ। जिल्लाको मिथिला बिहारी नगरपालिकामा जसपाका जिल्ला नेता महिन्द्र यादवलगाइत जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता हरु जनमत पार्टीमा प्रवेश गर्नुभएका […]
न्यूजमधेश डेस्क डोल्पा ,९ कार्तिक । उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुग्न सकेको छैन । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्याउने भन्दै सरकारले कोटा निर्धारण गरेपनि डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन । यो क्षेत्रमा चिनियाँ भू–भाग हुँदै अनुदानमा प्राप्त हुने आयोडिनयुक्त नुनसमेत पाँच वर्षदेखि आउन नसकेको साल्ट […]
न्यूजमधेश डेस्क काठमाडाैं ,९ कार्तिक । नेपालीहरुको महान चाड तिहारअन्तर्गत आज गोवर्द्धन पूजा गरिंदैछ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज गोवर्धन, बलि, गोरु र कृषकको पूजाआजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट […]
न्यूजमधेश डेस्क कैलाली,८ कार्तिक ।तिहारमा घर झिलिमिली पारिएका छन्। कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन्। दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ। तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन्। दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान […]
न्यूजमधेश डेस्क राजविराज ,७ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघले कतारबाट दुई जनको शव उद्धार गर्नुभएको छ। वैदेशिक रोजगारमा कतारको (QBC) कम्पनीमा कार्यरत धनुषाको नगराइन नगरपालिका -८ खिरखिरियाका ३८ वर्षीय सिदेश्वर मण्डल र सिरहाको नरहा गाउँपालिका -४ बलुवाको रामकुमार सादाको शव गैर आवासीय मधेशी संघ कतारले उद्घार गर्नुभएका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ कार्तिक ।जनमत पार्टी धनुषा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले मधेश आन्दोलनका शहीद ब्रहमदेव ठाकुरको आमासँग आर्शिवाद लिएर चुनावी अभियानको थाली गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिस्थित छघरियास्थित शहीद ठाकुरको घरमा जनमत पार्टीका नेता बीपी साह, जिल्ला इन्चार्ज संजय साह, प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कमल, प्रदेश (क)का उम्मेदवार ब्रहमदेव महतो, प्रदेश […]