२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

छठका लागि जनकपुरधाममा यसरी सिँगारियो पोखरी

कमलेश ठाकुर जनकपुरधाम ,१३ कार्तिक। छठ पर्वको तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । यस दिन श्रद्धालुहरू छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । छठ पर्व चार दिन मनाइन्छ । तेस्रो दिनलाई मुख्य दिन मानिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ […]

न्यूजमधेश डेस्क राजविराज ,१३ कार्तिक ।जनता समाजवादी पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन । शनिवार सप्तरीको छिन्नमस्ता गाउँपालिका १ मा भेटघाट कार्यक्रममा जसपा ,लोसपासहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यका […]

न्यूजमधेश डेस्क धनुषा ,१२ कार्तिक ।मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् […]

न्यूजमधेश डेस्क सुनसरी ,१२ कार्तिक । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा हिजो बेलुकी दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङको बूढीगङ्गाका ३० वर्षका ओजराज लुइँटेल, धरान उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षका राजन राई र ३२ वर्षका शम्भु राई रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२  कार्तिक । छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार ‘‘नहाय–खाय’ विधिबाट व्रत सुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्। छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ। यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर […]

न्यूजमधेश डेस्क बारा ,१० कार्तिक । २० किलो अवैध गाँजासहित बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले पाँच पक्राउ गरेको हो । स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो । सो क्रममा […]

न्यूजमधेश डेस्क महाेत्तरी ,१० कार्तिक। महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । आज बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवले जानकारी दिनुभयो । आज बिहान झन्डै १० […]

न्यूजमधेश डेस्क राजविराज ,१० कार्तिक । सशस्त्र प्रहरी बल विओपि र प्रहरी चौकी बेल्हीले विभिन्न स्थानबाट बरामद गरेको पटाका नष्ट गरिएको छ । सशस्त्र प्रहरी निरिक्षक बसन्त कटुवा र प्रहरी चौकी बेल्हीका इन्चार्ज राजलाल महतोले संयुक्त रुपमा ३५ हजार ४ सय ७४ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका […]