१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

समाचार

गर्लफ्रेण्डसँग झगडा परेपछि युवकले ६० करोड रूपैयाँको नोक्सानी गरिदिए !

न्यूजमधेश डेस्क काठमाडौं ,२३ जेष्ठ । एक युवकले आफ्नी प्रेमिकासँग झगडा गरे । झगडापछि उनले चालेको कदमले सबैलाई चकित बनाएको छ । वास्तवमा ती युवकले ६० करोडको नोक्सानी गरेका छन् । यो अपराधमा उनलाई प्रहरीले पक्राउ गरेको छ । युवकले आफैंले प्रहरीलाई फोन गरेर यसबारे जानकारी गराएका थिए । घटना अमेरिकाको डलास सहरको हो । […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ । आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले सत्ता गठबन्धनले स्थानय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेष्ठ ।धनुषाको ढल्केवरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई अयन्त्र सार्नु पर्ने माग राख्दै विद्यालय अगाडि प्रदर्शन भएको छ । महगी भाषाका अभियानी फुलगेन महतोले र उनको सहयोगी विजय दासले प्रदर्शन गरेका हुन् । विद्यालय नजिकै तथा वस्तीको बीचमा स्थापना भएको रामजानकी प्लाटिक फ्याक्ट्रीबाट निस्कने दुर्गन्धका कारण विद्यालय पढन आउने विद्यार्थीको स्वास्थ्यमा गम्भीर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ । जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समितीको बैठक सुरु भएको छ। गत बैशाख ३० गतेको सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा बैठक आजबाट जनकपुरधाम स्थित पार्टीका केन्द्रिय सचिवालयको कार्यलयमा सुरु भएका हुन। सो बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउत ,राष्ट्रिय उपाध्यक्ष अब्दुल खान,कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादवसहितको उपस्थिति रहेको सचिवालय प्रमुख राजेश […]

न्यूजमधेश डेस्क सुदूरपश्चिम,२० जेष्ठ । खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको छ । धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन् । रासायनिक मल, भरपर्दो सिँचाई, र उन्नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,२० जेष्ठ । अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी रामले एमबीबीएस उत्तिर्ण गरेका छन् । एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम परीक्षा हलबाट निकालिएका रामजी रामले अन्तत: एमबीबीएस उत्तिर्ण गरेका हुन् । सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो । […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ। राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल […]