न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भदौ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले, धनुषाले रघुवीर महासेठ र उनकी पत्नी जुली महासेठलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समितिको बैठकले रघुबीरको नाम धनुषा क्षेत्र नम्बर ४ बाट र जुलीको नाम धनुषा क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ भदौ। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो । नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भाद्र।जनता समाजवादी पार्टी महोत्तरीका नेता कुशेश्वर साह जनमत पार्टीमा प्रवेश गरिएको छ। आइतबार जनकपुरधामस्थित पार्टीका केन्द्रिय सचिवालयमा राखिएको भेटघाट कार्यक्रममा नेता साहसहित दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी परित्याग गरि जनमतमा प्रवेश गर्नुभएको हो। नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमालासहित अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो। नेता साह मटिहानी […]
न्यूजमधेश डेस्क रौतहट, १९ भाद्र । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव रौतहट निर्वाचन क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । क्षेत्रीय समिति बैठकले सभापति यादवलाई रौतहट क्षेत्र १ ‘ख’बाट सर्वसम्मत प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । यादवले मुख्यमन्त्रीको तयारी स्वरुप प्रदेश सभामा लड्ने तयारी […]
न्यूजमधेश डेस्क वीरगञ्ज,१९ भाद्र । बाराको एक उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भीडन्त भएको छ । शनिबार राति करिब १ बजेतिर १२/१५ जनाको समूहमा आएका डाका समूहले जीतपुरसिमरा–२३ को भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न खोजेका थिए । सोक्रममा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो । डाँका समूहले फायर खोलेपछि प्रतिकारमा […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ भाद्र। काठमाडाैँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले आफ्नाे कार्यकाल १०० दिन पुगेकाे सन्दर्भमा केही कुराकाे प्रष्टीकरण दिएका छन् । यस अवधिमा आफूले के के कामहरू गरेँ भन्नेबारे आफैले भन्ने भन्दा पनि आम मानिसहरूले कसरी हेर्छन भन्ने कुरा मुख्य रहेकाे बताएका छन् । साथै आफू केवल १०० दिनकाे दाैडमा नरहेकाे र पाँचवर्षे […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ भाद्र । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि धनुषा क्षेत्र नम्बर २ का लागि उम्मेदवार चयन गर्न बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकमा कुटाकुट भएको छ । औरही गाउँपालिकामा बसेको बैठकमा उम्मेदवार चयनको विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको हो । रामकृष्ण कांग्रेस […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ भाद्र। धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ बिनटोलका २१ वर्षीय राजकिशोर मुखिया र २२ वर्षीय शत्रुधन यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिए। ईलाका प्रहरी कार्यलय खजुरीका प्र.नि निरंजन घिमिरे र सशस्त्र प्रहरी बल बिओपि महिनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश दत्त […]