न्यूजमधेश डेस्क जनकपुरधाम ,४ बैशाख । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने २१ वर्षीय भुने मुखिया रहेका छन् । हंशपुर नगरपालिका वडा नम्बर ८ रामनगरा बस्ने २० बर्षीय शम्भु मुखियाको आँगनबाटै प्रदेश २–००२–२४३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल १२ चैतमा चोरी भएको थियो । पक्राउ […]
न्यूजमधेश डेस्क काठमाडौँ,३ बैशाख । काठमाडौँ उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरूको उद्धार गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरूबाट संयुक्त रूपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै […]
सिरहा,३ बैशाख ।रामबाबु साह नेपाली कांग्रेस परित्याग गरि जनमतमा प्रवेश गर्नुभएको छ। सिरहाको कल्याणपुर नगरपालिका १० घर भएका साह नेपाली कांग्रेसका परित्याग गरेका हुन। नेता साहलाई जनमत पार्टीका राष्ट्रिय सचीव संजय यादवले पार्टीमा स्वागत गर्नुभएको हो।
न्यूजमधेश डेस्क किभ,३ बैशाख । रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ। युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो। हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ। रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी […]
न्यूजमधेश डेस्क सप्तरी,३ बैशाख । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा शुक्रबार आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो । बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको […]
काठमाडौं,३ बैशाख । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टी आवद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, […]
काठमाडौँ ,१ बैशाख । सामन्यतः प्राकृतिक अवस्थामा गोरिल्ला प्रजातिको औसत आयु ४० देखि ५० वर्षसम्मको हुने गर्छ । चिडियाखानामा राखिएका गोरिल्लाहरु औसत उमेरभन्दा बढी समय बाँच्छन् । पर्याप्त हेरचाह, खानेकुरा, नियमित स्वास्थ्य परीक्षण, रेखदेखले गर्दा उनीहरु प्राकृतिक अवस्थाका गोरिल्लाभन्दा बढी स्वस्थ्य हुन्छन् । जर्मनीको बर्लिनस्थित बर्लिन चिडियाखानामा राखिएको एउटा गोरिल्लाको उमेर ६५ वर्ष पुगेको छ […]
न्यूजमधेश डेस्क काठमाडौं ,१ बैशाख । आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग […]