न्यूजमधेश डेस्क काठमाडौँ ,१ माघ ।साहित्य सन्ध्याको नियमित मासिक ४२४ औं शृङ्खलामा शनिबार भर्चुअल रूपमा ‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयमा चर्चासहित कविगोष्ठी गरिएको छ । कार्यक्रममा उपप्राध्यापक वेदराज ज्ञवालीले भने, ‘गौतम बुद्ध धर्मप्रधान, अध्यात्मप्रधान र विचारधाराका हुन् भने कार्ल मार्क्स आर्थिक समस्यासमेत समाधान गर्ने वैज्ञानिक विचारधाराका प्रवर्तक हुन् ।’ उनले दुवै दार्शनिकले मानवीय र सांस्कृतिक […]
सोम दियाली सर्लाही, १ माघ । सर्लाहीको हरिवन नगरपालिका ११ का मनकारी वडा अध्यक्ष शेख मेहबुव रेजाले मस्जिद निर्माणका लागि नगद ५ लाखसहित १२ धूर जमिन निःशुल्क दान गर्नुभएको छ । विगतदेखि नै सामाजिक कार्यहरुमा तन, मन र धनले सहयोग गर्दै आउनुभएका वडाअध्यक्ष रेजाले चलनचल्तीको मूल्य अनुसार ३० लाख मूल्य बराबरको जग्गा हरिवन ११ स्थित […]
न्यूजमधेश डेस्क राजविराज ,१ माघ । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । स १ त २७६ नम्बरको ट्याक्टर लिएर माटो लिन जाने क्रममा अनियन्त्रित भई कोशीको पश्चिमी नहरमा पल्टिँदा हनुमानगर कंकालिनी नगरपालिका– ६ का २३ वर्षका धिरज सदाको मृत्यु भएको हो । ट्याक्टरका चालक खाना खाइरहेको अवस्थामा सदाले ट्याक्टर गुडाएर माटो […]
न्यूजमधेश डेस्क काठमाडौं,१ माघ। तालीबान सरकारले सत्ता कब्जा गरेसँगै मानविय संकट उत्पन्न भएको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मानवीय सहायता सामग्रीसहित आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा टोली काबुल जानेछ। आइतबार बिहान ७:४५ मा परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत अफगानिस्तानलाई उपलब्ध गराउने सहयोगका बारेमा जानकारी गराइने परराष्ट्र प्रवक्ता सेवा लम्सालले […]
न्यूजमधेश डेस्क काठमाडौं ,१ माघ। थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३० पष।प्रदेश २ का अस्थायी राजधानी जनकपुरमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजारसहित प्रदर्शन गरेको छ । जनमत पार्टी धनुषाको आयोजनामा भएको किसान महार्यालिमा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्तासहित किसानहरुले कृषि औजारसहित प्रदर्शन गरेका हुन् । कृषि औजार कोदालो,हसुवा,खुरपी,लहरीको पोट,ढक्किया, हलोलगायतका समाग्री बोकेर ¥यालीसहित गाउँ गाउँबाट […]
राजविराज, ३० पुस । सप्तरीको राजविराजमा जनमत पार्टीले किसानहरुको विभिन्न माग राख्दै शुक्रवार प्रदर्शन गरेका छन् । पार्टीले आह्वान गरे अनुसार विभिन्न गाउँका टोल टोलबाट किसानहरुले हलो, कोदालो, पराल, मलका खाली बोरालगायतका कृषि औजारहरुसहित प्रदर्शन गरेको हो । राजविराज स्थित राजरंगशालाबाट निकालिएको र्याली बजारको विभिन्न भागमा नाराहरुसहित परिक्रमा गर्दै गजेन्द्र चौकमा कोणसभामा परिणत गरिएको थियो […]
न्यूजमधेश डेस्क प्योङयाङ ,३० पुष । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै […]