न्यूजमधेश डेस्क वीरगन्ज,३० पुष। पर्सा प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट पक्राउ गरेको हो । रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० पुष। विशेष अदालतले घुससहित पक्राउ परेका एक उपसचिवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उपसचिव लिला अधिकारीलाई दोषी ठहर गरेको हो । बूढानीलकण्ठ नगरपालिका कार्यालय काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका अधिकारी ५ लाख घुससहित पक्राउ परेका थिए । अधिकारीलाई अख्तियारको […]
न्यूजमधेश डेस्क पर्सा ,२९ पुष । अटो रिक्सा चालकको हत्या आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। भारत बिहार वैशाली ग्रामपञ्चायत घर भई वीरगन्ज(३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँको पुस २१ गते हत्या भएको थियो। उनको शव नारायणी बयोधा अस्पतालको पछाडिपट्टी नहरमा फेला परेको थियो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत बिहार […]
न्यूजमधेश डेस्क सुनसरी ,२९ पुष ।प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ। प्रहरीले बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ इनरुवा(३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका(७ का २० वर्षीय सबिर मियाँ पक्राउ परेका छन्। मियाँ ज२प ५१९४ नम्बरको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ पुस। कोरोना महामारीको बहानामा किसान आन्दोलन नरोकिने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताएको छ। उपाध्यक्ष खानले भोलि किसान महारैलीको सम्पुर्ण तयारी सम्पन्न भएको उनले बताए।धनुषाको सदरमुकाम जनकपुरसहित प्रत्येक जिल्लाको सदरमुकाममा किसान महारैलीमा किसानहरुको ठूलो उपस्थिति रहने नेता खानले भने। उनले सरकारले उच्च स्तरिय वार्ता टोली बनाएर किसानहरुसंग वार्ता नगरेसम्म किसान आन्दोलन […]
जनकपुरधाम, २९ पुष । जनमत पार्टीले आह्वान गरेको किसान महार्याली भव्य रुपमा सम्पन्न गर्न पार्टीका केन्द्रिय अध्यक्ष डा. सि के राउतले आग्रह गरेका छन् । प्रत्येक जिल्लाको सदरमुकाममा भोली (शुक्रवार) आयोेजना हुने महार्यालीको सफल बनाउन उनले यस्तो आग्रह गरेको हो । ‘विरोधीले फैलाएको भम्रमा नपर्न आग्रह गर्दै’ पार्टीका सचिवालयले– ‘कोरोनाका कारण कार्यक्रम बन्द नगरेको जनाएको […]
जनकपुरधाम । समाजिक सुरक्षा भत्ता र बाल पोषण भता समयमा नदिएको भन्दै जनमत पार्टीले सिरहाको एक नगरापालिकामा ज्ञापन पत्र बुझाएका छन् । सरकारले तोकिएको बमोजिम जिल्लाको मिर्चैया नगरपालिकाका बासिन्दाहरुलाई उक्त अधिकारबाट बञ्चित गरेको भन्दै अविलम्ब व्यवस्था गर्न माग गरेका छन् सो कार्यहरुलाई प्राथमिकतामा राखि उक्त भत्ताहरु समयमा वितरण नगरेमा पार्टीले थप संघर्षका कार्यक्रम गर्न बाध्य […]
न्यूजमधेश डेस्क सघारा,२८ पुस।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि तिन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिकाको वडा नम्बर ७ हठमुण्ढास्थित सामुदायिक भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय युवा देवेन्द्र कुमार यादवको नेतृत्वमा तिन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष मो.अब्दुल खानले अबिर […]