न्यूजमधेश डेस्क सप्तरी ,२९ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा आज ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नंको ट्र्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२८ कार्तिक । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ । देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उहाँलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । […]
न्यूजमधेश डेस्क काठमाडौं,२८ कार्तिक । नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो । पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारेको […]
न्यूजमधेश डेस्क काठमाडौं,२८ कात्तिक। सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीले अपिल गरेको छ । धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण छ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन आग्रह गरेको हो । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी दिएको छ । कानुन व्यवसायीहरुले माइक […]
न्यूजमधेश डेस्क सप्तरी ,२६ कार्तिक। इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दसैँअघि बिरामी हुनुभएका प्रनाउ तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा […]
न्यूजमधेश डेस्क सिरहा ,२६ कार्तिक। प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता […]
राजविराज, २६ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतले देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भएपनि समाजमा पुख्य्रौली राज्य कायमै रहेको बताएका छन् । सप्तरीको बोदेबर्साइन नगपालिका वडा नम्बर ७ मानराजा स्थित बिहीवार आयोजना गरिएको जनमत पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् । राजा, राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि समाजमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ कार्तिक । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ । व्रतालुहरु नजिकैका नदी तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर […]