०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

समाचार

नेपालमा कोरोनाबाट बालबालिकाको संख्या संक्रमित हुने५४ हजार नाघ्यो

न्यूजमधेश डेस्क काठमाडौं, १४ श्रावण । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा। मदन उपाध्यायका अनुसार हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यो तथ्यांक साउन १३ गतेसम्मको हो । पहिलो लहरमा २१ हजार ५२३ […]

न्यूजमधेश डेस्क परासी ,१४ श्रावण । प्रहरीले पश्चिम नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । भन्सार छलेर सिमावर्ती नाकाबाट भारततर्फ निकासी गर्न लागिएको आशंकामा प्रहरीले जिल्लाको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट बरामद ७ सय ३० क्विन्टल केराउ बरामद गरेको हो । बरामद गरिएको केराउको बजार मूल्य करिब १ करोड रहेको जिल्ला प्रहरी […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ श्रावण । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौं नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताउनुभयो । मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले […]

न्यूजमधेश डेस्क महोत्तरी ,१४ श्रावण । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ । जलेश्वर नगरपालिका–३ […]

न्यूजमधेश डेस्क पर्सा ,१४ श्रावण । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो । जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ श्रावण । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताउनुभयो । अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । यस्तै बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक […]

न्यूजमधेश डेस्क सर्लाही, १४ श्रावण । सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन÷चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक […]