न्यूजमधेश डेस्क काठमाडौं,२५ कार्तिक। सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, […]
न्यूजमधेश डेस्क काठमाडौं ,२४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ कार्तिक । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना […]
न्यूजमधेश डेस्क राजविराज ,२३ कार्तिक।प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई नगद ५५ हजारसहित ११० थान सारी वितरण गरेका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० का ११० जना छठ व्रतालुलाई जनही नगद ५०० र एक थान सारी मन्त्री साहले प्रदान गरेका हुन् । स्थानीय रामलखन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले छठ […]
न्यूजमधेश डेस्क जनकपुरधाम २३ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । जनकपुर उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले कारोनाका कारण अर्थतन्त्र शिथिल भएकाले उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । माल सामान […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ कार्तिक । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुईवटा अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख मिश्रले प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई मन्त्रिपरिषद्को सिफारीसमा आज जारी गर्नुभएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कात्तिक ९ गते दुईवटा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ कार्तिक । मधेशमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म चल्ने छ । पर्वको ११औं दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ । दश दिनसम्म दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता उमाशंकर अरगरियाले मधेशको मिसनलाई कमिसनमा बदलिएको बताएका छन् । लोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले मधेशको मिसनलाई उपेन्द्र यादवले कमिसनसँग साटेको आरोप लगाए । ‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले […]