११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

मन्दिरको प्राङ्गणमा रहेको मुख्यमन्त्री राउतको होर्डिङ बोर्ड जलाएपछी उपाध्यक्ष साह पक्राउ

न्यूजमधेश डेस्क राजविराज,२९ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो लगाइएको होर्डिङ् बोर्ड जलाएको भन्दै एक जनालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिर प्राङणमा प्रदेश सरकारको स्वच्छता अभियान सम्बन्धी होर्डिङ बोर्ड जलाएको भन्दै राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। नेपालले भारतको बिहार राज्यसँग विद्युत् आदान–प्रदानका लागि आग्रह गरेको केही दिनमै बंगलादेशसँग पनि विद्युत् आदानप्रदान र व्यापारको प्रस्ताव गरेको छ । सोमबार सुरु भएको दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी) बैठकमा भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको ऊर्जा, जलस्रोत […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ भाद्र। प्रदेश २ का एक मेडिकल विद्यार्थीले ह्वाट्अपमा भएको डरलाग्दो जोखिम पत्ता लगाएका छन् । धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका अविनाश कुमार मण्डलले उक्त जोखिम पत्ता लगाएका छन् । विरानगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा एमबिबिएस अन्तिम सत्रमा अध्ययनरत विद्यार्थी मण्डलले करोडौं एण्ड्रोइड प्रयोगकर्ताको ह्वाट्सएप मा देखा परेको मिसलिडिङ्ग युआई अन्तर्गत […]

न्यूजमधेश डेस्क  जनकपुरधाम ,२८ भाद्र । धनुषाको विदेह नगरपालिकाले सरकारी खर्चमा मनमौजी गरेको पाइएको छ । विभिन्न कारणले पटक-पटक चर्चामा आइरहने यो नगरपालिकाका मेयर बेचन दासले सरकारी खर्चमै निजी निवासमा सामानहरू खरिद गरेर लगेको पाइएको छ भने नगरपालिकाबाट २५ लाख रुपैयाँ मदिरा पसललाई भुक्तानी गरेको समेत पाइएको छ । त्यस्तै ईन्धनमा समेत मनोमानी खर्च गरेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ भाद्र । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ भाद्र । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित कार्यसमितिलाई आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उहाँले राष्ट्रिय महत्वका आयोजनाको कामको अनुगमनमा आर्थिक पत्रकारलाई पनि सहभागी गराइने बताउनुभयो । “मन्त्रालयकले अनुगमनमा तपार्इं पत्रकारहरुलाई संस्थागतरूपमा सहभागी गराउँछ, मन्त्रालयले अनुगमन संयन्त्र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ भाद्र। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मनमुटाब सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनभित्रै सरकारलाई पूर्णता दिनेगरि छलफल बढाएसँगै जसपाका नेताहरु यादव र भट्टराईबीच खटपट सुरु भएको हो । स्रोतका अनुसार डा. भट्टराईले यादवलाई सरकारमा नेतृत्व गरेर नजान भनेका छन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ भाद्र। प्रदेश २ सरकारले कोरोना माहामारीविरुद्ध सचेतना अभियानअन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री निवास मधेश भवनमा आइतबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । कोभिड संक्रमितहरुको संख्यामा कमी आएलगत्तै सर्वसाधारणले मास्कको प्रयोगमा हेल्चक्र्याइँ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त […]