न्यूजमधेश डेस्क काठमाडौं,२७ भाद्र।थरुहट थारुवान राष्ट्रिय मोर्चासहित थारु संघसंस्थाहरुले संविधान जलाउने भएका छन्। उनीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णयसमेत गरेका छन्। थारुहरुले संविधानलाई अपुरो भएको भन्दै संशोधनको माग उठाउँदै आएका छन्। थारुहरुको हक अधिकारीलाई वञ्चित गर्नेगरी संविधान जारी भएको थारुहरुको आरोप छ। जसका कारण असोज ३ लाई वर्षेनि कालो दिनको रुपमा थारुहरुले […]
न्यूजमधेश डेस्क पर्सा ,२७ भाद्र । वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कट्ठा जग्गाको रकम गएको १० वर्षदेखि नतिरी डा. दीपक बहादुर शाक्यले सङ्गठनलाई नै दुःख दिने गरेको रहस्य खुलेको छ । वीरगंज पब्लिक कलेजका निर्देशक रहेका डा. दीपक बहादुर शाक्यले सम्झौता भएदेखि प्रयोग गर्दै आएको नेपाल बाल सङ्गठनको जग्गा भाडा नतिर्ने गरेको खुलेको हो […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ भाद्र । अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका समाचारमा जनाइएको छ । यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको बताइएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरेर दमन गरेको बताइएको छ […]
न्यूजमधेश डेस्क ढाका ,२७ भाद्र । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो । विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो।आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ भाद्र । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको थिए। सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको गणेशमान चारनाथ नगरपालिकामा वडा स्तरीय महिला जनमत संघ गठन गरिएको छ। शनिबार नगरपालिकाको वडा नम्बर ९ मा एक कार्यक्रमबीच वडा स्तरीय महिला जनमत संघ गठन गर्नुभएको छ। सुमिन्त्रा देवि धामीको अध्यक्षतामा १५ सदस्यीय महिला जनमत संघ गठन गरेका हुन । सो कार्यक्रममा गणेशमा चारनाथ नगरपालिकाका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र। जनता समाजवादी पार्टीका १७ प्रदेशसभा सदस्यले लोकतान्त्रिक समावजादी पार्टी रोजेका छन्। जसपा फुटेर लोसपा गठन भएपछि १७ प्रदेश सांसदले लोसपाका पक्षमा सनाखत गरेका हुन्। निर्वाचन आयोगले लोसपाका पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको छ। आयोगका अनुसार प्रदेश २ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र । विशेष अदालतले ३ असार २०७२ मा धनुषाका तत्कालिन जिल्ला विकास समितिका सह लेखापाल जीबनाथ चौधरीलाई भ्रष्टाचारी ठहर गरे । भ्रष्टाचार गरेको ठहर गर्दै विगो बमोजिमको रकम रु ६ लाख ७५ हजार असुल गरी ४ महिना कैद सजाय गर्न अदालतले फैसला गरेको थियो । चौधरीले उक्त निर्णयबिरुद्व सर्वाेच्च अदालतमा पुनरावेदन गरेका […]