११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

‘एमसीसीका कारण गठबन्धन टुट्दैन’ : प्रचण्ड

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन्। शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रमको समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताए। ‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस्। […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ असोज। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गर्नुभएको हो । त्यस्तै […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ असोज। नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा ४०६ सदस्यीय केन्द्रीय कमिटी पुनःगठन गरेको सचिवालय सदस्य नारायण घर्तीले […]

न्यूजमधेश डेस्क विराटनगर ,२ असोज ।डा सीके राउत नेतृत्वको जनमत पार्टीमा ५ जना पार्टी प्रवेश गर्नुभएको छ। शनिबार मोरङ जिल्ला जहदा गाउँपालिका वडा नम्बर २ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ५ सय जना प्रवेश गर्नुभएको छ। सो कार्यक्रममा जनमत पार्टी मोरङका अध्यक्ष बुद्धि माझी ,कोषाध्यक्ष धिरेन्द्र यादव र जिल्ला […]

न्यूजमधेश डेस्क सर्लाही ,१ असोज। ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ भाद्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्यहरुले आफूले गरिरहेको जागिरबाट राजीनामा दिनुपर्ने भएको छ । जनकपुरधाममा बसेको केन्द्रीय समितिको बैठकले आगामी असोज २१ गतेभित्र केन्द्रीय सदस्यहरुले आफ्नो जागिरबाट राजीनामा दिनुपर्ने निर्णय गरेको हो । उक्त समयसम्म नसके आगामी निर्वाचनसम्म जागिरबाट बिदा लिई आफ्नो जिल्ला वा केन्द्रीय सचिवालयको निर्देशन अनुसार […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ भाद्र । महोत्तरीको गौशाला नगरपालिका–३ का सुरेन्द्र महरा गाउँमै दैनिक ज्यालादारीको काम गर्थे । यसबाट भएको आम्दानीले जीविका चलाउन गाह्रो भएपछि विदेश जाने सोचाइ बनाए । त्यही क्रममा २०७४ सालमा उनको भेट भयो सर्लाहीको धनकौल गाउँपालिकाका राजन भनिने कुन्दन मिश्रसँग । मिश्रले दुबईमा राम्रो काम लगाइदिने विश्वास दिलाए । महराले घडेरी धितो […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ भाद्र। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री […]