न्यूजमधेश डेस्क काठमाडौं,२८ असार । चालु आर्थिक वर्षमा पनि सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न नसक्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ७१ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गर्नुभएको थियो । तर, गत शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू आर्थिक […]
न्यूजमधेश डेस्क दोहा, २८ असार । नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तब्य मानिएको कतारले आजदेखि आफ्नो मुलुक प्रवेश गर्नेहरुका लागि नयाँ नियम लागू गरेको छ । पछिल्लो समय कोरोना महामारी घट्दैन गएपछि कतार सरकारले नयाँ स्वास्थ्य मापदण्ड आजदेखि लागू गरेको हो । अब कतारले मान्यता दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएकाहरुले भने क्वारेन्टाइन बस्नु […]
न्यूजमधेश डेस्क काठमाडौं ,२८ असार ।संवैधानिक इजलासले दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको मुद्दाको पेशी आजलाई तोकेको छ । गत सोमबार सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आज पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ […]
न्यूजमधेश डेस्क महोत्तरी ,२८ असार । जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका पाएका छन् । नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक÷एक वटा बोयर जातको बोका दिएको हो । सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ असार । एमालेको विवाद मिलाउन आज बिहानैदेखि बसेको कार्यदल बैठक करिव १३ घण्टापछि १० बुँदे सहमति गरेको छ । विहान ९ बजेदेखि बसेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको हो । एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनले भने,‘कार्यदलको तर्फबाट […]
कमल कुमार मण्डल सप्तरी, २७ असार । सप्तरीमा जनमत पार्टीद्धारा आज (आइतवार) भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ । राजविराज स्थित रहेको पार्टी कार्यालय बाट निकालिएको विरोध प्रदर्शनको ¥याली नगर परिक्रमा गर्दै दशन चौक (नेता चौक) स्थित कोण सभामा परिणत गरिएको थियो । जनमत पार्टी सप्तरीको जिल्ला समन्वय समितिद्धारा आयोजना गरिएको कार्यक्रममा विभिन्न गाउँपालिका, नगरपालिकाबाट […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ असार । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ असार ।प्रदेश–२ मा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि हुँदै गएको तथ्य औँल्याइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र महिला सशक्तीकरण अभियानद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा यो तथ्य औँल्याइएको हो । यसको कारण प्रदेशमा छ प्रतिशत […]