न्यूजमधेश डेस्क कैलाली ,२४ बैशाख । कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् । कोरोनाको सङ्क्रमण […]
न्यूजमधेश डेस्क काठमाडौं , २४ बैशाख । भारतमा बिहीबार राति उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ। नागपुरबाट बिरामी बोकेर उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो। पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ। नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पांग्रा खसेको थियो। त्यसपछि […]
न्यूजमधेश डेस्क नवलपरासी ,२४ बैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैँडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन् । […]
न्यूजमधेश डेस्क रुपन्देही ,२४ बैशाख । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख ३० सम्म यसअघि नै लागू भएको निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो । बैठकले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ बैशाख ।प्रदेश २ का धनुषा जिल्लाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतककी २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ बैशाख । प्रदेश नं २ सरकारद्वारा जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरिएको छ । सरकारद्वारा सो भवनमा २० आइसियुसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाइएको छ । सोका लागि प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० […]
न्यूजमधेश डेस्क काठमाडौं,२३ बैशाख । कतार सरकारले तोके अनुसारको पारिश्रमिक नदिएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् । कतारको अलखोरमा रहेको कतार सेक्युरिटी सेर्भिसेस कम्पनीमा कार्यरत कामदारहरु सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित भएका हुन् । कम्पनीको सानैया लगायत विभिन्न स्थानहरुमा रहेको क्याम्पमा बुधबार बिहान पारिश्रमिक दिएको थियो । सरकारले भने अनुसारको पारिश्रमिक नपाएपछि उनीहरुले कम्पनीविरुद्ध […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ बैशाख ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र […]