न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ बैशाख । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ बैशाख ।पत्रकार बिपी साह १७ दिनपछी कोरोना मुक्त भएको छ । पत्रकार साहले १७ दिनपछी कोरोना मुक्त भएको छ ।उनले बैशाख ९ गते जनकपुरधाम स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर चेक गराएपछि कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमित बनेपछि उनि जनकपुरधाम स्थित आफ्नै डेरामा होम आइसोलेसनमा बसेका थिए । ‘कोरोना संक्रमणपछि […]
न्यूजमधेश डेस्क जनाकपुरधाम,२५ बैशाख । प्रदेश २ का धनुषा जिल्लामा एक स्थानीय तहका मेयरले आफुले चढने सरकारी गाडीलाई कोरोना संक्रमितलाई अस्पताल पुर्याउने र घर छाड्ने घोषणा गरेको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले आफु चढ्ने गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् । कोरोना संक्रमितलाई अस्पताल […]
न्यूजमधेश डेस्क कञ्चनपुर, २५ वैशाख ।लागुऔषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ बैशाख । जनकपुरधाममा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको छ । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ । बैङ्कका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल , ज्वरो जाँच्नुका […]
न्यूजमधेश डेस्क नेपालगञ्ज ,२५ बैशाख । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर […]
न्यूजमधेश डेस्क सप्तरी,२४ बैशाख । कोरोना भाइरसको दोस्रो लहरमा भएका संक्रमितको उपचारका लागि सप्तरीको बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ । बोदेबर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवले भने , नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको स्वास्थ्य चौकीको भवनमा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ । कोरोना भाइरसको संक्रमण […]
न्यूजमधेश डेस्क सर्लाही ,२४ बैशाख । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् । सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् । पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल […]