न्यूजमधेश डेस्क सिरहा ,७ चैत्र । डा सीके राउत नेतृत्वका जनमत पार्टीद्वारा सिरहाको औरहीमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जनमत पार्टी औरही गाउपालिकाका अध्यक्ष रामभुवन यादवको अध्यक्षता भएको होलि मिलन कार्यक्रमको प्रमुख अतिथि गैर आवासीय मधेशी संघ यूएसएका अध्यक्ष ई ईन्द्रजित यादव रहेको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि,बुद्धिजीवी ,कर्मचारी ,समाजसेवी […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज ९शनिबार० बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन् । पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन् । टीकापुर नगरपालिका–१ विजयनगरकी […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,६ चैत्र । जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाउनु भएको छ । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो । चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गर्नुभएको छ […]
न्यूजमधेश डेस्क महोत्तरी,६ चैत्र । जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताउनुभयो । उहाँले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखांै रकम छुट्याउने र जनताबाट समेत लाखौ रकम कर लिएर […]
एउटा निष्ठाच्युत राजनीतिज्ञको अभिनय आमजनका लागि पीडादायी हुन्छ। त्यसैले राजनीतिलाई ‘नौटङ्की’ बनाउने आजको नेतृत्व पंक्तिबाट छुटकारा चाहिएको छ। युवाहरू चोटिला वाक्य र व्यङ्ग्यमिश्रित नारायुक्त पहिरन रूचाउँछन्। हिजोआज केही युवामाझ ‘यो नाटकै हो, नौटङ्की नै हो’ नारा लेखिएको टि-सर्ट चल्तीमा छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका एक-अर्काप्रतिको कटाक्ष […]
सिबेन्द्र रोहिता जनकपुरधाम,५ चैत्र । महोत्तरीको भंगहा नगरपालिका १ मा स्वास्थ्य केन्द्र संचालनमा आउने भएको छ । बुधवार एक समारोहबीच भंगहाका मेयर संजीव साहले स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरे । भवन निर्माणका लागि २० लाख ४७ हजार ३४५ रुपैयामा ठेक्का समेत लागिसकेको नगरपालिकाले जनाएको छ । भवन निर्माण समयमै सक्न ठेकेदार कम्पनीलाई मेयर साहले निर्देशन […]
संजय मिश्र रौतहट,५ चैत्र । आश्रय निर्माण कम्पनीले रौतहटको कटहरियामा गराईरहेको नाला निर्माणको काम गुणस्तरहिन भएको गुनासो बढन थालेको छ । ठेकदार नागेन्द्र साहले टेण्डर प्रकृया घटाघटबाट ठेक्का पारेको नाला निर्माणको काम आफैले नगरेर पेटी ठेकदार मार्फत गराईरहेकाले गुणस्तरहीन भईरहेको स्थानीयले बताएका छन् । नेपाल सरकार तथा नगरपालिकाको करोडौंको लगानीमा निर्माण भईरहेको नालाको काम गुणस्तरहीन […]