न्यूजमधेश डेस्क टिकापुर ,८ चैत्र । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको […]
गोपाल प्रसाद बराल महोत्तरी, ८ चैत्र।सबैका हातहातमा अबिरको झोली, सबैका अनुहारमा अबिरको रातो चमक । सबै होली गीतमा मस्त हुँदै अघिल्लो यात्रामा निस्कँदै । मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनबाट अघि बढ्दा यात्री रङ, अबिरको खेलसँगै बढ्दैछन् । यात्रीले शनिबार कञ्चनवनमा मिथिलाविहारी ९श्रीराम० र किशोरीजी ९सीताजी० का प्रतिमालाई रङ, अबिर अर्पण गरेर होली प्रारम्भ […]
न्यूजमधेश डेस्क काठमाडौं ,८ चैत्र । डा सीके राउत नेतृत्वका जनमत पार्टीले काठमाडौंको बसुन्धरामा टोल समिति गठन गरिएको छ । शनिबार प्रयास मण्डलको अध्यक्षतामा ८१ सदस्यीय टोल समिति गठन भएको छ । उक्त टोल समिति निर्माण कार्यक्रममा जनमत पार्टी काठमाडौंका संयोजक राजेन्द्र राय ,गैर आवासीय मधेसी संघ अमेरिकाका सचिव धिरज साह ,विद्यार्थी जनमत संघका केन्द्रीय […]
न्यूजमधेश डेस्क काठमाडौं,७ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सो दलको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेको हो । बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र […]
न्यूजमधेश डेस्क सिरहा ,७ चैत्र । डा सीके राउत नेतृत्वका जनमत पार्टीद्वारा सिरहाको औरहीमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जनमत पार्टी औरही गाउपालिकाका अध्यक्ष रामभुवन यादवको अध्यक्षता भएको होलि मिलन कार्यक्रमको प्रमुख अतिथि गैर आवासीय मधेशी संघ यूएसएका अध्यक्ष ई ईन्द्रजित यादव रहेको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि,बुद्धिजीवी ,कर्मचारी ,समाजसेवी […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज ९शनिबार० बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन् । पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन् । टीकापुर नगरपालिका–१ विजयनगरकी […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,६ चैत्र । जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाउनु भएको छ । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो । चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गर्नुभएको छ […]