१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

समाचार

सप्तरीको चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित

न्यूजमधेश डेस्क राजविराज, १४ माघ ।सप्तरीस्थित मुलुककै सबैभन्दा पुरानो चन्द्रनहर अतिक्रमणमा परेको छ । साथै आवश्यक मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।सरकारले सिँचाइका लागि पर्याप्त ध्यान नदिएका कारण सप्तरीस्थित ऐतिहासिक यो नहर जीर्ण अवस्थामा पुगेको हो । चन्द्रनहरको वरिपरि बस्ने मानिसहरुले नै अतिक्रमण गरेपछि चन्द्रनहर प्रतिदिन जीर्ण बन्दै गएको हो । नहरको डिलमा […]

न्यूजम्धेश डेस्क विरगंज ,१४ माघ । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ । सङ्घीय सरकारले उक्त खोप अभियानअन्तर्गत नारायणी अस्पताललाई पाँच हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ माघ । चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ। अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध हालेको अपहेलना मुद्दा बुधबार दर्ता भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। रिट निवेदकले यी चार पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ माघ ।भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ । विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा […]

न्यूजमधेश डेस्क सिरहा ,१४ माघ । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी […]

न्यूजमधेश डेस्क राजविराज, १३ माघ । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरद्वारा सप्तरीको राजविराजमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्न राजविराज प्रवेश गर्न लागेका मन्त्रीहरुलाई अनेरा स्ववियु सप्तरीले कडा सुरक्षाका बीच कालो झण्डा देखाईएको छ। मंगलबार जनजागरण सभाको लागि राजविराज प्रवेश गर्दै गर्दा मन्त्रीहरुलाई अनेरा स्ववियु सप्तरीका विद्यार्थी नेताहरुले अध्यारी पेट्रोल पम्प अगाडी […]

न्यूजमधेश डेस्क नयाँदिल्ली, १३ माघ । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो । गणतन्त्र दिवसका अवसरमा आयोजित परेड […]

न्यूजमधेश डेस्क सर्लाही ,१३ माघ । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सिमानाका बन्द गरिएको थियो । सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी […]