न्यूजमधेश डेस्क जनकपुरधाम,१५ माघ । महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका वडा सचिव कारवाहिबाट उम्किन आर्थिक चलखेल थालेको छ । पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका वडा सचिव पक्षले उच्च अदालत जनकपुरबाट उम्किन समेत चलखेल थालेको हो । भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत महोतरीको आदेशमा भंगहा नगरपालिका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ माघ।सरकारले सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट आठ महिनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आज सार्वजनिक गरेको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ अनुरूप वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएकाबाहेकका सरकारद्वारा व्यवस्थित […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ माघ । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो। तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र […]
न्यूजमधेश डेस्क राजविराज, १४ माघ ।सप्तरीस्थित मुलुककै सबैभन्दा पुरानो चन्द्रनहर अतिक्रमणमा परेको छ । साथै आवश्यक मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।सरकारले सिँचाइका लागि पर्याप्त ध्यान नदिएका कारण सप्तरीस्थित ऐतिहासिक यो नहर जीर्ण अवस्थामा पुगेको हो । चन्द्रनहरको वरिपरि बस्ने मानिसहरुले नै अतिक्रमण गरेपछि चन्द्रनहर प्रतिदिन जीर्ण बन्दै गएको हो । नहरको डिलमा […]
न्यूजम्धेश डेस्क विरगंज ,१४ माघ । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ । सङ्घीय सरकारले उक्त खोप अभियानअन्तर्गत नारायणी अस्पताललाई पाँच हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ माघ । चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ। अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध हालेको अपहेलना मुद्दा बुधबार दर्ता भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। रिट निवेदकले यी चार पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ माघ ।भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ । विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा […]
न्यूजमधेश डेस्क सिरहा ,१४ माघ । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी […]