न्यूजमधेश डेस्क सिरहा,११ माघ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० मनहर्वामा शनिबार यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आइरहेको ज८प ८४६४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना६ख ५२४८ नंको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका–१३ निवासी १८ वर्षीय सचिन महतो र २३ वर्षीय सुशील महतोको घटनास्थलमै […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ। प्रदेश २ सरकारको चालू आर्थिक वर्षको खर्च न्यून रहेको छ । दोस्रो चौमासिक बित्न लाग्दा अहिलेसम्म पाँच प्रतिशत मात्र खर्च भएको बताइएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले कार्यविधि मापदण्डलगायत प्रक्रियाहरु बनाउने अवस्थामा रहेको कारणले खर्च हुन नसकेको बताउनुभयो । सचिव दाहालका अनुसार बजेट […]
न्यूजमधेश डेस्क सर्लाही ,११ माघ। धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन हुनुभएको छ । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । “केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ पौडेलले भन्नुभयो,“उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि […]
न्यूजमधेश डेस्क सर्लाही ,११ माघ । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर ८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो […]
न्यूजमधेश डेस्क सप्तरी ,११ माघ । नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ । सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको शनिबार एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गर्नुभयो । सो अवसरमा शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले यसले सप्तरी जिल्लाका साथीहरुलाई युनियनको गतिविधि सञ्चालन गर्न थप मद्दत […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ।भारतको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी १९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्ने भएकी छन् । राष्ट्रिय बालिका दिवस (२४ जनवरी) को अवसर पारेर गोस्वामीलाई एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनाइन लागेको हो । बीबीसी हिन्दीले यससँगै उनी उत्तराखण्डकी पहिलो महिला मुख्यमन्त्री बन्ने जनाएको छ । उनी बाल विधानसभामा मुख्यमन्त्रीको […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ११ माघ । प्रदेश २ का भूमी, व्यवस्था तथा कृषी सहकारी मन्त्री शैलेन्द्र साहले पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने बताएका छन् । शनिवार जनकपुरधाममा पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मन्त्री साहले सबै वर्गले आरक्षण पाउनुपर्ने बताएका हुन् । उनले जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ।तत्कालीन नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहको शनिवार १९ औं पुण्यतिथि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।शनिबार जनकपुरधाममा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र धनुषाले पुण्य तिथिको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नेताले बाटो बिराएको आरोप लगाएका छन्। अध्ययन केन्द्रले आयोजना गरेको अधिकार, पहिचान, संघर्ष र गजेन्द्र नारायण सिंह विषयको अन्तरक्रिया […]