२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

समाचार

चुनौतीका बीच भारोत्तोलनमा भविष्य खोज्दै सप्तरीका किशोरी

न्यूजमधेश डेस्क सप्तरी ,१७ माघ।छोरीहरुलाई त्यसै पनि नानाथरीका चुनौती, त्यसमाथि अभावग्रस्त दैनिकी । यसका बाबजुद भारोत्तोलनमा भविष्य खोज्दै कडा परिश्रम गर्दैछन् सप्तरीका किशोरीहरु । माघ महिनाको बिहान । हुस्सु र कुहिरो अनि कठ्याङ्ग्रिँदो जाडो । दैनिक ७/८ जना किशोरीहरु साइकलमा करिब ६ किलोमिटरको यात्रा तय गर्दै सदरमुकाम राजविराज आइपुग्छन् । जिल्ला खेलकुद विकास समितिको परिसरमा […]

विजय साह जनकपुरधाम,१६ माघ।नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले रङ्गेहात नियन्त्रणमा लिएको छ। धनुषाको महेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई पाँच हजार घुस रकम सहित अख्तियारले पक्राउ गरेको हो। पक्राउ पर्ने कर्मचारीहरुमा जगत नारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेका […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१६ माघ। पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरीका २१ वर्षीय अकलेश राउत अहिर मंसिर ३० गते बेपत्ता भए । त्यसको भोलिपल्ट पसागढी नगरपालिका–९ चैनपुरमा झुण्डिएको अवस्थामा उनको शव फेला पर्‍यो । गलबन्दीले पासो लगाएर आत्महत्या गरेको भन्ने खबर फैलियो । प्रहरीले पनि घटनालाई आत्महत्याकै रुपमा लियो । चैनपुरस्थित खेतको आलीमा रहेको पकडीको रुखमा झुन्डिएको अवस्थामा […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१६ माघ । ९ वर्षीय राजन पटेलको बहुदरमाई नगरपालिका– ८ घर भएपनि वीरगञ्जमा बस्दै आएका थिए । उनी ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै थिए । २०७३ असोज १९ गते वीरगञ्जमै लागेको मेला हेर्न गएका उनी बेपत्ता भए । भोलिपल्ट बिहान ६ बजे वीरगञ्ज–१४ चिनिमिल आवास क्षेत्र भित्र शव भेटियो । […]

अजित कुमार भुजेल बिरगंज,१६ माघ।पब्लिक एफएम १०४.४ मेघाहर्जले आयोजना गरेको सामाजिक बिकृति दाईजो विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बिरगंज महानगरपालिका वडा न.१४ बहुवरी स्थित कुल्लिया उम्मे कुल्सुम लिल्वनात बिद्यालयमा बिहीबार कार्यक्रम संयोजक लालबाबु सिंहको अध्यक्षताम र बिरगंज महानगर पालिका वडा नं. १४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १६ माघ।प्रदेश २ का महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएको छ । गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा शिशु जन्माउन प्रसुति सेवा केन्द्र (बर्थिंग) सेन्टर भंगहा नगरपालिकाद्वारा संचालनमा आएको हो । प्रसुति सेवा केन्द्रको शुक्रबार बिहान एक समारोह बीच भंगहा नगरपालिकाका मेयर संजिव साहले उदघाटन गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ माघ।प्रदेश २ का सर्लाही जिल्लाको चन्द्रनगर गाँउपालिका वडा नम्बर ४ गरहाटोलमा भोर विधा सेतु सुरु भएको छ ।गरिबीका कारण शिक्षाबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विषेश ट्यूशन सेन्टरको रुपमा भोर विधा सेतुको सुरुवात गरिएको हो । हरिपुरका समाजसेवी तथा शिक्षा प्रेमी अरविन्द चौधरीको सहयोगबाट भोर विधा सेतुको पहिलो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ माघ।प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाे विशेष सल्लाहकारमा ध्रुब नारायण यादवलाई नियुक्त गरिएको छ। बुधबार मन्त्रीस्तरीय निर्णय बमोजिम यादवलाई विशेष सल्लाहकारमा नियुक्त गरिएको हो । नियुक्त हुने यादव राष्ट्रिय सहकारी बैकका संचालक तथा जिल्ला बचत तथा सहकारी संघ धनुषाका अध्यक्ष समेत हुन् ।