१६ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

समाचार

निर्वाचनबाट भाग्दैनौं : नेता महतो

न्यूजमधेश डेस्क सप्तरी, ९ माघ।जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्वोच्च अदालतको निर्णय आफुहरुलाई स्विकार हुने बताउनु भएको छ । साथै उहाले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने पनि स्पष्ट पार्नुभयो । सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट […]

न्यूजमधेश डेस्क काठमाडौं ,९ माघ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए। विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ माघ । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर […]

न्यूजमधेश डेस्क सिरहा ,९ माघ। सिरहाको गोलबजारबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले जाँचको क्रममा दुवै जनालाई बिहीबार लहानतर्फ जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ का २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ का २७ वर्षीय […]

न्यूजमधेश डेस्क सर्लाही ,८ माघ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमामा प्रथम वडा अधिवेशन मंगलबार सम्पन्न गरेको छ। जनमत पार्टीका युवा नेता ई. विवेक मोरबैताको अध्यक्षतामा भएको अधिवेशनमा जनमत पार्टीका केन्द्रिय सदस्य ईन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।अधिवेशनबाट सर्वसहमतीले १५ सदस्यीय नयाँ कार्यसमिति चनय गरिएको छ। सो कार्यसमितिको अध्यक्षमा […]

न्यूजमधेश डेस्क सुनसरी,७ माघ।सुनसरीको दुहवी-इनरुवा खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोकिदा दुर्घटना भएको हो । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोले को३४प […]

न्यूजमधेश डेस्क काठमाडौं ,४ माघ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु हुने भएको हो । त्यस […]