न्यूजमधेश सम्बादाता कञ्चनपुर, २३ भदौ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ […]
न्यूजमधेश डेस्क सिरहा ,२२ भदौ। सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमणसँगै वातावरण प्रदूषण बढेको भन्दै स्थानीयवासीले आज सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगको मूल ढोका अगाडि प्रदर्शन गरेका छन् । मारुती सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध गठित सङ्घर्ष समितिको अगुवाइमा स्थानीयवासीले सो उद्योगविरुद्ध प्रदर्शन गरेका हुन् । ‘सार्वजनिक जग्गा फिर्ता गर, धुवाँधुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ […]
गोपालप्रसाद बराल महोत्तरी, २२ भदौ।महोत्तरीसहितका मिथिलाक्षेत्रमा अहिले घरघरैजसो ‘जितिया’ पर्वको चर्चा छ । मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) शुरु भएसँगै पुत्रवती (सन्तानवती) मिथिलानी (मिथिलाका नारी) हरुमा जितिया पर्वको तयारी देखिएको हो । तराईको पौराणिक र पारम्परिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) शुरु हुनासाथै पुत्रवती मिथिलानीले जितियाको चर्चा र तयारी थाल्ने पुरानो परम्परा हो । […]
न्यूजमधेश सम्बादाता सर्लाही ,२२ भदौ । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२२ भदौ।गैर आवासीय मधेशी संघ (NRMA) क़तारका अध्यक्ष शम्भु नाथ साह र टीमका साथीहरूको सहयोगमा क़तारमा समस्यामा रहेका मधेशी साथीहरुको सहयोग र उद्धारका लागी पहल गरि राखेका छन्। यसै क्रममा वहाँहरु नेपाली राजदूताबास लगायत अन्य स्थानीय सरकारी तथा गैर-सरकारी निकाय संग निरन्तर फ़ॉलो अप गरी राखेका छन्। क़तारमा रहेका लाखौ मधेशीहरुको सहयोगका लागी […]
न्यूजमधेश सम्बादाता गौर,२२ भदौ । नेपाली कांग्रेस रौतहटका युवा नेता नितेश कुमार गुप्ताले नेकपाको सरकार पूर्ण रुपमा असफल र भ्रस्टाचारमा चुर्लुम्म भएको आरोप लगाएका छन् । आइतवार रौतहट जिल्लाको सदरमुकाम गौरस्थित रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेता गुप्ताले संघीय सरकार मुलुकमा भैरहेको हत्या हिसां बलात्कार, भ्रष्टाचार रोक्न असफल भएको टिप्पणी समेत गरे । […]
न्यूजमधेश सम्बादाता काठमाडौं,२१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तेजाब प्रहारबाट पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग प्रदान गरेका छन् । गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगन्जमा खातुनमाथि दुई युवाले तेजाब प्रहार गरेका थिए । तेजाब प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । ९ कक्षामा […]
न्यूजमधेश सम्बादाता काठमाडौँ, २१ भदौ । पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना […]