न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ भदौ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्न प्रदेशस्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई निर्देशन दिनु भएको छ । अस्पतालहरुको वर्तमान अवस्था र अगामी दिनमा गर्नुपर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न मेडिकल सुपरिटेन्डेन्टहरुसहितको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले […]
न्यूजमधेश डेस्क सप्तरी,२३ भदौ । भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा थन्किएका छन् । भौतिक पूर्वाधार तथा उपकरण चलाउने दक्ष जनशक्ति अभावका कारण अस्पतालका आइसियु कक्षमा प्रयोग हुने ती महँगो उपकरण (भेन्टिलेटर) प्रयोगविहीन अवस्थामा थन्किएका हुन् । महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा यसले स्वास्थ्य […]
न्यूजमधेश डेस्क सप्तरी ,२३ भदौ।चोरी गरेको आरोपमा सप्तरी प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगररपालिका–७ गुदरीलाइनमास्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा भदौ २१ गते राति चोरी गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो । उक्त किराना पसलमा भदौ २२ गते बिहान खोलेर हेर्दा १ लाख ५० हजार […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२३ भदौ। प्रदेश २ का रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा लेनदेनको विवाद नरहेको पुजारीका परिवारले दाबी गरेका छन्। कसैसँग लेनदेनको विवाद नरहेकोले घटनाको निष्पक्ष छानबिन गर्न उनीहरूले प्रहरीसँग माग गरेका छन्। ३ भदौ राति खाना खाइरहेका पुजारीको कञ्चटमा गोली हानेर हत्या गरिएको थियो। गोली […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भदौ । सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालार्ई धनुषा प्रहरीले पक्राउ गरेको छ । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका–७ का २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मो.नुरारी लहेरीलाई जनकपुरबाट पक्राउ […]
न्यूजमधेश डेस्क काठमाडौँ,२३ भदौ । काठमाडौँ महानगरपालिकाले कारोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास शुरु गरेको हो । पहिलो चरणमा यसअघि बढी सङ्क्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिसकिएको छ । कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३भदौ । बिश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) ले आज आफ्नो १० औं स्थापना दिवस मनाइरहेको छ । आज भन्दा १० वर्ष अगाडि ८ सेप्टेम्बर २०१० मा गैर आवासीय मधेशी संघको स्थापना भएको हो।संघका संस्थापक अध्यक्ष डा सीके राउत […]
न्यूजमधेश सम्बादाता कञ्चनपुर, २३ भदौ। जिल्लाको महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो । बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए । सशस्त्र प्रहरी र सनसेट युथ भोलियन्र्टसको टोलीले समेत तीन […]