न्यूजमधेश सम्बादाता सोल,३० श्रावण ।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन्। छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौँ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरूले जनाएका छन् । बिहीबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी […]
न्यूजमधेश सम्बादाता काठमाडौं ,३० श्रावण । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले पारित गरेको छ । शुक्रबार बसेको समितिको बैठकले वार्षिक प्रतिवेदन पारित गरेको हो । आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नु पर्ने भएपनि कोरोना महामारीका कारण प्रतिवेदन पारित हुन सकेको थिएन । समिति सभापति तारादेवी भट्टले कोभिड–१९ महामारी र समिति […]
न्यूजमधेश सम्बादाता दोहा,३० श्रावण ।कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोनाको संक्रमण घट्दै गएको जनाएको छ । पछिल्लो २४ घण्टामा ३ सय १ जनाले स्वास्थ्य लाभ गरेका हुन् । योसँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या कतारमा १ लाख ११ हजार २५८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९० रहेको छ, जस मध्ये […]
चन्द्रकला भण्डारी झापा ,३० श्रावण । दुई सन्तान एउटै घटनामा गुमाएको पीडा । तीन साता बितिसक्यो, हालखबर सोध्नसमेत कोही आउँदैनन् । पोखरीमा डुबेर दुई छोरा गुमाएपछि झापाको भद्रपुर–२ निवासी कमला थामीको दिनरात रोएरै बित्ने गरेको छ । गत साउन ७ गते मावली घर भद्रपुर–२ मा रहेका बेला उनका दुई छोरा १४ वर्षीय करण थामी र […]
न्यूजमधेश सम्बादाता वीरगञ्ज ,३० श्रावण । वीरगञ्जको स्वास्थ्य प्रणाली फितलो हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । पछिल्लो समय नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणको रिर्पोट एक पछि अर्को गर्दै फरक परेपछि नारायणी अस्पतालको प्रणाली जर्जर भएको आशंका गरेका छन् । यहाँ गरिएको परिक्षण र राजधानीमा गरिएको परिक्षण मेल नखाएपछि परिक्षण विधि शंकास्पद देखिएको छ […]
न्यूजमधेश सम्बादाता कञ्चनपुर ,२९ श्रावण । क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले रु १० लाख सहयोग उपलव्ध गराउने भएको छ । मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ । नगरपालिकाले सहयोगसँंगै मृतक ओडका श्रीमान्लाई योग्यताका आधारमा कार्यालयमा […]
न्यूजमधेश सम्बादाता जेनेभा ,२९ श्रावण । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । उहाँले बुधबार जेनभामा पत्रकारहरूसँगको कुराकानीमा उक्त कुरा बताउनुभएको हो । विश्वप्रतिको साझा दायित्वलाई विश्वभरका युवाहरूले वहन गरेको जिम्मेवारीप्रति […]
न्यूजमधेश सम्बादाता कैलाली,२९ श्रावण । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजीकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पताल ल्याइएको छ । चट्याङ लागेर उनीसँगै […]