०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

रौतहटमा क्वारेन्टाइनमा ३२६ जना, ३५५ जना घर फिर्ता

न्यूजमधेश सम्बादाता चन्द्रपुर,१८ बैशाख । रौतहटको विभिन्न स्थानीय तहमा सन्चालित क्वारेन्टाइनमा तीन सय २६ जनालाई राखिएको छ भने तीन सय ५५ जनालाई घर फिर्ता पठाईएको छ । भारत लगायतका अन्य मुलुक हुँदै वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका २१ वटा क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले रौतहटले जनाएको छ । जिल्लाका विभिन्न तहमा […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,१८ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुचर्चित बुधवारको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहुमत रहेपनि कुनै निष्कर्षमा पुग्न सकेन् । असन्तुष्ट पक्षले स्थायी कमिटी बैठक डाक्ने, ओलीलाई अध्यक्ष अथवा प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पार्ने वातावरण बनाउने अपेक्षा गरिएको थियो ।तर बैठकमा सबै […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ बैशाख। धनुषाको शहीद नगरपालिका वडा नम्बर २ मा बितरण गरिएको राहतको चामल सडेको र आलु कुहिएको पाइएको छ । वडा कार्यालयबाट लिएर आएको चामल र कुहिएको आलु कुहिएको पाइएको स्थानीय चन्दर साहले बताए । यो गाउँका चमेलीदेवी, नथुनी यादव,रामाशिष खत्बे, संजय साफी,जगदीश महरासहितकाले पाएको राहत सडेको पाइएको छ । वडा कार्यालयले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ बैशाख । जनकपुरधाम उपमहा नगरपालिकाले राहत वितरणका लागि मगाइएको चावल लगायतका सामाग्रीहरु गुणस्तरीय रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले दावी गरेको छ । उपमहानगरपालिकाले राहत वितरणको क्रममा जनकपुरधाम १६ मा एकजनालाई कुहिएको चावल वितरण गरेको सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल भएपछि गुण नियन्त्रण कार्यालयले सो सामाग्री परीक्षणको लागि मंगलवार […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१८ बैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही वैशाख २० गते बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा आन्तरिक छलफल र सरसल्लाह जारी रहेकाले वैशाख २० गते पुनः बस्ने […]

न्यूजमधेश सम्बादाता सिरहा ,१७ बैशाख। कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदूरी गरेर बिहान–बेलुकाको छाक टार्न समस्या पर्दै आएका विपन्न, मजदूर र असहाय […]

न्यूजमधेश सम्बादाता जलेश्वर ,१७ बैशाख । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताउनुभयो । उहाँका अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१७ बैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उहाँले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम हुने गरी तयार गर्न लागिएको सिट व्यवस्थापन अवलोकन गरी जानकारी लिनुभएको […]