३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

कोरोनाको संक्रमण नेपालमा अहिलेसम्म छैन

न्यूजमधेश सम्बादाता काठमाडौं, १० चैत। सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न […]

न्यूजमधेश सम्बादाता काठमाडौँ,९ चैत्र ।सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आज मात्रै दुई लाख २२ हजारले काठमाडौँ उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन् । यहाँ १३ हजार ७७४ गाडीमा ३६ हजार ३४२ यात्रु […]

न्यूजमधेश सम्बादाता काठमाडौँ,९ चैत्र । आन्तरिक उडानको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौँबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो । यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको […]

रंजित चौरसिया वीरगंज,९ चैत्र।प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मास्क र सेनिटाईजर वितरण गरेका छन् । विश्वव्यापी रुपमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम गर्न निमित्त सांसद यादवले आइतबार वीरगञ्जमा मास्क र सेनिटाईजर वितरण गरेका हुन्। आज बिहान उनले वीरगञ्ज माइस्थानको बजार देखि घण्टाघरसम्मका विभिन्न व्यपारी, बटुवा, रिसका चालक र स्थानीयलगयातलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए। विश्वस्तरमा महामारीका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९ चैत्र । कोरोना भाइरसका संक्रमितलाई राख्न जनकपुरधामको मणिपाल टिचिङ हस्पिटलको भवनमा आइसोलेसन सेन्टर खोल्ने तयारी भइरहेको छ । शनिवार जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रिता झा र विज्ञहरुको टोलीले उक्त भवनको निरीक्षण गरेको हो । आइसोलेसन सेन्टरका लागि भवन उपयुक्त रहेको विज्ञहरुले बताएका छन् । आइसोलेसन सेन्टरका लागि जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,८ चैत्र । समाचार लेखेकै कारण पत्रकारलाई रु एक करोडसम्म जरिवाना गर्ने गरी प्रदेश २ सरकारले ल्याएको संचार सम्बन्धी विधेयकमा सांसदहरुले संशोधन दर्ता गराएका छन् । प्रदेशका आधा दर्जन सांसदहरुले उक्त विधेयक उपर संशोधन दर्ता गराएका हुन् । सत्तारुढका साथै प्रतिपक्षी सांसद समेतले जरिवाना तोकिएका दफाहरु ह्टाउनुपर्नेमा जोड् दिदैं संशोधन दर्ता गराएका […]

न्यूजमधेश सम्बादाता राजापुर ,७ चैत्र । धानको पकेट क्षेत्रका रुपमा मानिने बर्दियाको राजापुरमा चैते धान रोपाइँ शुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँको तयारी भइरहेको छ । गत वर्ष पाँच सय तीन हेक्टर क्षेत्रफलमा खेती गरिएकामा यस वर्ष करीब आठ सय हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना […]

न्यूजमधेश सम्बादाता जनकपुराधाम,७ चैत्र। प्रहरीले जर्वजस्ती आफ्नो कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको सर्लाहीका एक पोल्ट्री व्यवसायीले आरोप लगाएका छन् । सर्लाहीको लालबन्दीमा रहेको यादव सप्लायर्स पोल्टी फर्मका संचालक रामवीर यादवले यस्तो आरोप लगाएका हुन् । उनले काठमाडौँ डेलिभरी गर्नका लागि किनेको कुखुरा प्रहरीले जबरजस्ती नियन्त्रण्मा लिएर नष्ट गरेको आरोप लगाएका छन् । उनले प्रहरीले […]