न्यूजमधेश सम्बादाता काठमाण्डु ,४ चैत्र ।अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट आएको बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो । डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको छ ।एलपीजी ग्यासको मुल्य […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ चैत्र । प्रदेश २ को प्रदेश सभा बैठकमा सोमबार तीन वटा विधेयक पेश भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा तीन वटा विधेयक पेश भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई र आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट १ वटा विधेयक पेश भएको छ । आन्तरिक मामिला तथा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ चैत्र । प्रदेश २ को राजधानी र नामका लागि आज (मंगलबार) मतदान हुने भएको छ । आज बिहान ८ बजे हुने बैठकमा राजधानी र नामका विषयमा मतदान हुने भएकाले अनिवार्य उपस्थितिका लागि सभामुख सरोजकुमार यादवले सांसद्हरूलाई निर्देशन दिनुभएको छ । यसअघि, दुई पटक मतदानको मिति सारिएको थियो । चैत १ गतेका लागि […]
न्यूजमधेश सम्बादाता काठमाण्डु , ३ चैत।सरकारले देशभर लागू हुने गरी नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालयमा पठनपाठन सहित सञ्चालन गर्ने निर्णय गरिसकेको छ । शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु […]
रंजित चौरसिया वीरगंज,३ चैत्र। समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन । पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित रहेको छठघाटको सोमबार एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरि शिलन्यास गरेका हुन । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम […]
दिपक चौरसिया बिरगंज ,३ चैत्र । अवैध रूपमा उत्पादन गरिएको ४ सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रणको लागी थालनी गरिएको बिशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका टोलीले बीरगञ्ज बाइपास ,छपकैया विभिन्न स्थितबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनु भयो। घन्टाघर चोक […]
न्यूजमधेश सम्बादाता राजविराज ,२ चैत्र । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं.८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ । हत्या प्रयासको आरोपमा आज एक युवक पक्राउ परेका छन् । धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको जनाएको छ […]
न्यूजमधेश सम्बादाता रुपन्देही,२ चैत्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारमा तिव्रता दिएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो । जस अनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा […]