जनकपुरधाम।समाजवादी पार्टीका केन्द्रिय कोषाध्यक्ष तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरको अस्पताल बनाउने प्रतिबद्धता जनाएको छ। मंगलबार धनुषाको सहिदनगर नगरपालिकाको यदुकूहामा समाजवादी पार्टीका नगर कार्यसमितिले आयोजना गरेको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रममा समाजवादि पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा क्षेत्र नं.२ का प्रतिनिधि […]
जनकपुरधाम।राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले देशमा तेस्रो शक्तिको रुपमा स्थापित हुन मधेशवादी पार्टीहरुलाई एक हुन जरुरी रहेको बताए। बुधवार शुभकामना अदान प्रदान तथा संसदीय क्षेत्र सम्पर्क कार्यलय उदघाटन समारोह पछि संचारकर्मीसंग कुरा गर्दै नेता महतोले भने देशमा नेकपा र कांग्रेसपछि तेश्रो […]
सोलिन्द्र चौधरी , महोत्तरी । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दस नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका […]
जनकपुरधाम । जनकपुरमा गोलि प्रहारबाट एक ठिकदारको घटना स्थलमै मृत्यु भएको छ। जनकपुरधाम उपमहानगपालिका १४ मा अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो। जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्। साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको […]
मनोज बनैता,लाहन । सिरहाको पटहेर्वाबाट लागु औषध सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा ७ जनाको गाडी मोवाईल टोलीले मंगलबार सिरहा नगरपालिका वडा नं १७ पटहेर्वा स्थित भारतबाट नेपाल तर्फ […]
मनोज बनैता ,लाहन।सिरहाबाट कुटपिट ,चोरी र लेनदेन गरि तिनवटै मुद्दामा संग्लन ५ जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका २ का ६२ वर्षीय धनिकलाल महरा, वडा ९ का ६२ वर्षकै रामचन्द्र गडेरी, वडा १९ का २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा ७ का वर्ष २६ का बालकृष्ण मुखिया र वडा ५ […]
काठमाडौं । नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्। नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो। दुई मुलुकका सैनिक […]
खाँदबारी । सङ्खुवासभामा नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने चिचिला गाउँपालिका वडा नं.१ का राजकुमार राईलाई पक्राउ गरिएको हो । राईलाई रु ५८ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए । उनले सदरमुकाम खाँदबारीमा सेनाको जवानका लागि प्रतिस्पर्धा गर्दै […]