१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, […]

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–८ का बासिन्दाहरू चोरी र डकैती रोक्न अत्यधिक चिसोमा पनि रातभर जाग्राम बस्न बाध्य छन् ।वडा नं. ८ सहसरामका पूर्ववडाध्यक्ष राधेश्याम तिवारीले चोरी, डकैतीका घटनाहरू बढ्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य रहेको बताउनुभयो । उहाँले चिसो मौसममा शीत तपतप चुहिरहेको भए पनि आफूहरू हातमा लट्ठी लिएर रातभरि घुम्दै फिर्दै ‘जगले […]

जनकपुरधाम । मधेश सरकारद्वारा आयोजित‘मधेश स्वाभिमान दिवस कार्यक्रममै जनमत पार्टीका नेता कार्यकर्ताहरु विरोध गरेका छन् । मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनमा कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम भइरहेकै बेला जनमत पार्टीका नेता कार्यकर्ताहरु प्रवेश गरी भ्रष्टाचार काण्डहरुको छानविन गर भन्दै प्रदर्शन गरेका छन् । मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम […]

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेको हो । नगरप्रमुख श्रवणकुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गरे । यससँगै अब राहदानीकै लागि जिल्ला सदरमुकाम सिरहा जानुपर्ने सर्वसाधारणको बाध्यताको अन्त्य भएको छ […]

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज ‘मधेश स्वाभिमान दिवस’ मनाइँदैछ । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति केन्द्रमा प्रदेश सरकारले दिवस मनाउन कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो कार्यकालको एकवर्षे उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।‌ तर सत्तारुढ जनमत पार्टीले नै प्रदेश सरकारले गरेको भ्रष्टाचारको छानविन गर्न माग […]

सिरहा । मिर्चैया नगरपालिकाभित्र सामुदायिक विद्यालयमध्ये पाँच वटा माध्यमिक विद्यालय छन् । ती सबैमा नगरपालिकाले कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्दै आएको छ । मिर्चैया नगरपालिका ५ मिर्चैयास्थित मोहन नमूना माध्यमिक विद्यालय, वडा ७ फूलबरियास्थित बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालय, वडा १ विर्तास्थित सारदा माध्यमिक विद्यालय, वडा ११ […]

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो। आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमले जनाएको छ।

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैयामा शैक्षिक क्रान्ति हुन गइरहेको बताएका छन् । मिर्चैयास्थित मोहन नमूना माध्यमिक विद्यालयमा सोमबार आयोजित ब्रम्हचारी दामोदरानन्दको १५१औं जन्म जयन्ती कार्यक्रममा उनले यस्तो बताएका हुन् । ब्रम्हचारी दामोदरानन्दको ज्ञानपथलाई अंगाल्दै मिर्चैया नगरपालिकामा शैक्षिक क्रान्तिको सुरुवात हुन गइरहेको उनले बताए । ‘हामीले आन्तरिकसँगै बाह्य काम पनि सुरु गरिसकेका […]