जनकपुरधाम । जनयुद्ध र जनआन्दोलनका सहिद परिवारले आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनको केन्द्रीय कार्य समिति सदस्य राजु महतोको प्रमुख आतिथ्यतामा र फतुवा विजयपुर नगरपालिकाको पूर्व उप मेयर सहिद परिवार कान्ति देवी महतोको अध्यक्षतामा आइतवार बसेको प्रथम बैठकले माइतीघर मण्डलामा आन्दोलन गर्ने चेतावनी दिएका हुन् […]
काठमाडौं । सत्ता गठबन्धनमा सहभागी ७ दलले राष्ट्रियसभा चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन संयुक्त अपील गरेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतको साझा अपील निकालिरहँदा जनमत पार्टी भने असन्तुष्ट देखिएको छ […]
काठमाडौं । राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आह्वान भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा गठबन्धनका उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा जिताउने विषयमा छलफल हुने बुझिएको छ ।
लालबन्दी । ब्रह्मपुरीको एक मदरसाले समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजनाका कर्मचारीहरुलाई सम्मान गरेको छ । मदरसासहित विद्यालयका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारमा प्रशंसनीय कार्य गरेको भन्दै ब्रह्मपुरी गाउँपालिकाको वडा नम्बर ७ मा रहेको इसलामिया मदरसाले राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) का संरक्षण संयोजक नागेन्द्र प्रसाद शाह, बरिष्ठ परियोजना संयोजक आदित्य पटेल, कार्यक्रम अधिकृत विवेक झासहितका कर्मचारीहरुलाई मदरसा […]
धनगढी । नागरिक उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ। रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको बताउँदै नागरिक उन्मुक्तिका अध्यक्ष चौधरीले उक्त निर्णयको पत्र श्रेष्ठलाई […]
धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम […]
काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीमा निकै लोकप्रिय बन्दै गएको छ । आमचुनावपछि नेकपा माओवादी केन्द्र त्यागेर जनमत पार्टी सर्लाहीको नेतृत्व(इन्चार्ज) हुनु भएका युवा नेता श्रीचन यादव(सुजन)ले सर्लाही जिल्लालाई जनमत पार्टीमय बनाउँदै लग्नु भएको हो । जग बलियो भए घर बलियो हुन्छ भने झैं नेतृत्व गतिलो भए मात्रै पार्टी पनि बलियो हुने हो […]
टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत […]