काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले चार दलले राज्यको हरेक अंगमा कब्जा गरेको टिप्पणी गरे । दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने […]
जनकपुरधाम ।मधेश प्रदेशमा जनमत पार्टीबाट एक जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् । प्रस्तावक मधेश प्रदेश सांसद शम्भु साह र प्रदेश सांसद संजय यादव समर्थक रहेर धनुषाका रामशंकर महासेठले अन्य समूहबाट उम्मेदवारी दर्ता गराएका छन् । जनकपुरधामस्थित रहेको निर्वाचन आयोगमा पुगेर आज राष्ट्रिय सभा सदस्यको लागि महासेठले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। उम्मेदवारी […]
जनकपुरधाम । दाइजोको निहुँमा जनकपुरधाम ९ थापा चोककी आरती साहको हत्या भएको भनिएको प्रकरणमा अनुसन्धान गर्ने प्रहरी अधिकारी र पोस्टमार्टम गर्ने चिकित्सकहरूले लापरबाही गरेको राष्ट्रिय मानवअधिकार आयोगले औँल्याएको छ । आयोगले आरतीको प्रकरणमा १० बुँदे निर्णय तथा सिफारिस कार्यान्वयनका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले भनेको […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ । यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन […]
भरतपुर । चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्टमुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ। घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो। घर भारत भई भरतपुरमा व्यापार गरी बस्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूको हत्यामा संलग्न […]
जनकपुरधाम । धनुषामा प्रहरीले गाँजा खेती नष्ट गरेको छ । प्रहरीले धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ फुलवरीया र वडा नम्बर ५ बनरझुलामा गाँजा खेती नष्ट गरेको हो । आइतबार ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षक रामकुमार भट्टको कमाण्डमा खटेको प्रहरीको टोलीले स्थानीय व्यक्तिहरुको अन्दाजी दुई कट्ठा जग्गामा आफै उम्रेको गाँजाको बोट नष्ट गरेको जिल्ला […]
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरेको छ । यही पुस २० गते शुक्रवार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू […]
सर्लाही । जनमत पार्टीले मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह र सर्लाहीको बरहथवा नगर प्रमुख कल्पना कुमारी कटुवालको राजिनामा माग गरेको छ । शनिवार जनमत पार्टीले सर्लाहीको कविलासीमा बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सम्झानामा दिप प्रज्वल गर्दै मन्त्री सिंह र बरहथवा नगर प्रमुखको राजिनामा माग गरेको छ । नगर […]