०४ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

समाचार

मधेस प्रदेशमा १६८ किलो गाँजासहित दुई जना प्रहरीको फन्दामा

वीरगन्ज । सशस्त्र प्रहरीले पर्साको हरिहरपुर गाउँपालिकाबाट एक सय ६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १ सय ६८ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङको बेनिघाट गाउँपालिका–४ का २० वर्षीय समिर तामाङ र मकवानपुरको राङसिराङ गाउँपालिका–४ का २२ वर्षीय राजु […]

जनकपुरधाम । सिरहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो। पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।सोमबार साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा […]

जलेश्वर । आठ वर्षअघि भएको मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा गएको मंसिर २८ गते जन्मकैद सजाय पाएका महोत्तरीका मोहन ठाकुर जेल चलान भएका छन्। लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय भुक्तान गरिरहेका जलेश्वर नगरपालिका- ९ निवासी ठाकुर विक हत्यामा दोषी ठहर भएपछि पुनः जेल चलान भएका हुन्। उनलाई यही […]

रौतहट । लामो समय देखि विवादको घेरामा रहेका कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवाल बिरुद्द उपमेयर सहितका जनप्रतिनिधि खुलेरै उत्रेका छन्। करोडौ रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग सहित उपमेयर रिता देवी यादव सहितका जनप्रतिनिधिले मेयर जैसवालको कार्यकक्षमा तालाबन्दी गरेका छ। निर्वाचित भएदेखिनै जनप्रतिनिधिहरु लाई झुक्याएर हस्ताक्षर गराई करोडौं रुपैयाँ अनियमितता गरेको […]

जलेश्वर । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार […]

जनकपुरधाम । चिसो बढेपछि मधेशमा जनजीवन प्रभावित बनेको छ। हुस्सु र कुहिरोसँगै शीत लहरले तराईमा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेको छ । चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित भएका छन् । आज पनि बिहानैदेखि तराईका अधिकांश ठाउँमा हुस्सु र कुहिरो लागेको […]

जनकपुरधाम । विगत ६ महिनादेखि लथालिङ्ग बनेका धनुषाको जनकनन्दिनी गाउँपालिका लयमा फर्किन लागेको छ । निमित कार्यालय प्रमुखको भरमा चल्दै आएको सो पालिकामा मंसिर २४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका सर्वजित झाले कार्यालयमा लयमा ल्याएका छन् । असार मसान्त सकेपछि चालु आर्थिक वर्षमा कर्मचारीको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थिएन् । […]

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले पालिकाको महत्वपूर्ण पदहरूमा आफन्तलाई भित्र्याएसँगै आलोचना सुरू भएको छ । उनले प्रशासकीय अधिकृत र जिन्सी शाखा प्रमुखमा गरेको नियुक्ती विवादित बनेको हो । मेयर निर्वाचित भएर डेढ वर्ष समय व्यतित भएपछि श्रेष्ठले श्रीधर केसीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याउन सफल भएका छन् । केसी नाताले मेयरका साढुभाइका […]