११ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
×

मधेस

वीरगञ्जमा कोरोना संक्रमण कसरी फैलियो ?

दुर्गा दुलाल वीरगञ्ज ,१९ श्रावण । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका अहिले कोरोना संक्रमणको हटस्पट बनेको छ। वीरगञ्जमा मात्र १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने हाल ६ जना संक्रमितको अवस्था गम्भीर छ। वीरगञ्जमा अन्य जिल्लाका ४ जनाले ज्यान गुमाएका छन्। कुनै समय नियन्त्रण उन्मुख रहेको भनिएको वीरगञ्ज लकडाउन खुलेसँगै पुनः कोरोनाको हटस्पट बनेको छ। […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ श्रावण  । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी […]

न्यूजमधेश सम्बादाता महोत्तरी ,१८श्रावण । जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको रौनक छाएको छ । पन्ध्र दिन पहिलेदेखि जनैपूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालिकमा बाजागाजाका साथ भगवान राम र सीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लैजाने गरिन्छ । महोत्तरीको लक्ष्मीनारायण मठ, […]

न्यूजमधेश सम्बादाता सर्लाही ,१७ श्रावण । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका […]

नानीमैया कटवाल राजविराज ,१७ श्रावण । सप्तरीका इस्लाम धर्मावलम्बीले आफ्नै घरघरमा बसेर आज ‘बकर इद ९इदुल जोहा०’ मनाएका छन् । कोरोना महामारीका कारण ठूलो सङ्ख्यामा मस्जिदमा भेला भएर तथा इष्टमित्रलाई घरमा बोलाएर यस वर्षको ‘बकर इद’ मनाउन नपाएपछि इस्लाम धर्मावलम्बीले घरपरिवारमा सीमित भएर पर्व मनाएका हुन् । देशमा लकडाउन खुलेपछि दोस्रो महान् पर्व हर्षोल्लासपूर्वक मनाउने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ श्रावण । जनमत पार्टी धनुषा इन्चार्ज अनिता साहले कोरोना भाइरसको महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद इदुल जोहा पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई आग्रह गरेकी छन् । शनिबार न्यूजमधेश संग कुरा गर्दै इन्चार्ज अनिता साहले बकर इदका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी मधेशी दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ श्रावण । सिडेनका धनुषा जिल्ला स्थानीय समन्वय समिति गठन भएको छ । शुक्रबार जनकपुरमा एक कार्यक्रम बिच ई .श्याम किशोर साफीको नेतृत्वमा १५ सदस्यीय सिडेन धनुषा जिल्ला स्थानीय समन्वय समिति गठन भएको छ । सो समितिको उपाध्यक्ष ई .शेखर पंजियार ,सचिवमा ई .महेश कुमार यादव ,सहसचिवमा ई. बिनोद कुमार साह ,कोषाध्यक्षमा […]

न्यूजमधेश  डेस्क जनकपुरधाम ,१६ श्रावण । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद–ऊल अजहा बकरिदको अवसरमा देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे मुख्यमन्त्री राउतले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा […]