२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

प्रदेश

सांसद साह पक्राउको विरोधमा जल्दै जनकपुर

न्यूजमधेश समाचारदाता ,जनकपुरधाम। सांसद प्रमोद  साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले जनकपुरमा टाइरबालेर प्रदर्शन गरेका छ्न। सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका साहलाई प्रहरीले अड्डान गरेर जहाजमार्फत् जनकपुर नै लाएको छ।आफ्नो पार्टीका सांसदलाई प्रहरीले […]

मनोज बनैता, लाहान । लाहान नगरपालिका भित्रको जिर्ण सडकको कारणले स्थानीय वासी सास्ती भोग्न बाध्य छन । दुई साता अगाडिको वर्षाले हिलाम्मे पारेको लाहान १ का सडकको पानी नसुक्दा स्थानीयले सास्ती भोग्नुपरेको हो । पुर्व पश्चिम राजमार्ग भन्दा करिब ५०० मिटर दक्षिण रहेको कृष्णाटोलको एउटा आफ्नै ब्यथा छ । नयाँबस्ती बसेको यस टोलमा हालसम्म कुनै […]

जनकपुरधाम । नेपाल लेक स्टार कार्यक्रममा प्रदेश नं. २ बाट भाग लिएका रविराज साहलाई छालाको आधारमा गरेको विभेदपूर्ण तरिकाले विजेता नबनाएको आरोप लगाइएको छ । मधेश ग्रामिण विकास परियोजनाद्वारा सोमवार आयोजित ‘रविराज सम्मान’ कार्यक्रममा सहभागी वक्ताहरुले मधेशी जनताप्रति केही पहाडे शासकहरुले गर्दै आएको विभेद यस पटक मधेशका प्रतिभावान गायक रविराज साहसँग पनि विभेदपूर्ण तरिकाले विजेता […]

श्यामसुन्दर यादव,राजविराज। चिकित्सकहरु जिम्मेवार नरहेको भन्दै विरामीका आफन्तहरुले सोमबार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदर्शन र तोडफोड गरेका छन् । अस्पतालमा विहानदेखि दिउँसो २ बजेसम्म पनि विरामी चेकजाँच गर्न चिकित्सक नआउँदा उनीहरु आक्रोशित बनेका हुन् । आक्रोशित विरामीका आफन्तहरुले प्रदर्शन गर्दै डा. ज्ञानेन्द्र झा र डा.प्राणेश यादवको विरामी जाँच गर्न बस्ने कोठामा रहेको सरसमान तोडफोड […]

न्यूजमधेश समाचारदाता,राजविराज । सप्तरीको राजबिराजमा मिथिला कप सुरु भएको छ । सोमबार भएकोमा पहिलो खेलमा सुनसरी टिमले सिरहालाई हराउँदै २७ रनले जितेको छ । रन्जितपुर राइडर्स सप्तरीको आयोजनामा सोमबारको खेलमा फुलबारी क्रिकेट क्लब सुनसरी र सिरहा क्रिकेट एकेडमी बिच हम्मसाहम्सी भएको थियो । राजबिराज स्थित टियु क्याम्पस ग्राउन्डमा सोमबारबाट सुरु भएको ‘मिथिला कप टि२० क्रिकेट’ […]

न्यूजमधेश समाचारदाता, जनकपुरधाम।विमान ढिलो भयो भन्दै राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका छन । बिहान ११ः४० को जनकपुरधामबाट उडने विमान दिउंसो डेढ बजेसम्म नआउंदा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्नुका साथै कर्मचारीलाई कुटपिट […]

न्यूजमधेश समाचारदाता , जनकपुरधाम।समाजवादी पार्टीका प्रमुख सचेत उमाशंकर अरगरियाले भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देश दिएका छन। धनुषाको जनकनन्दनी गाउँपालिका वडा .३ मा शनिबार शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक अरगरियाले भने देशमा भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले देशमा ब्याप्त अराजकता बिरुद्ध लड्दै सुशासन कायम गरि संघीयता बचाउने दाइत्व समाजबादी […]

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । प्रदेश २ मा २ दिन भित्र २ जना नक्कली घुमुवा प्रहरी पक्राउ परेका छन। धनुषा जिल्लाको सीमावर्ती डेवडिहा नाकामा नक्कली घुमुवा प्रहरीसहित सक्कली घुमुवा हवलदारले अवैध असुली गरेको घटनामा १७ राउण्ड अश्रुग्यास प्रहार भएको थियो । आफूलाई घुमुवा प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिदैं रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट […]