२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेश विशेष

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

न्यूजमधेश डेस्क धनुषा ,१२ कार्तिक ।मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२  कार्तिक । छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार ‘‘नहाय–खाय’ विधिबाट व्रत सुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्। छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ। यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर […]

देवराम प्रसाद यादव सप्तरी ,९ कार्तिक । सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, जनमत पार्टीका युवा नेता सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मण्डलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । मन्त्री साह जसपा–एमाले गठबन्धनबाट, सतिश सिंह जनमत पार्टीबाट तथा सरोज मण्डल सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार दिएका किशोरी साह कमललाई जिताउन जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश गर्नुभएको छ। जिल्लाको मिथिला बिहारी नगरपालिकामा जसपाका जिल्ला नेता महिन्द्र यादवलगाइत जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता हरु जनमत पार्टीमा प्रवेश गर्नुभएका […]

सन्तोष यादव जनकपुरधाम ,५ कार्तिक । जनकपुरमा भएको ५ दलीय गठबन्धनको मधेस प्रदेश स्तरीय भेलामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव अपमानित बनेका छन् । कार्यक्रममा अध्यक्ष यादवलाई आसन ग्रहण नै गराइएन ‌। पछि उनलाई आसन ग्रहण गर्न आग्रह गर्दा डाइस (मञ्च)मा गएनन् । यति मात्र होइन मन्तव्य राख्ने क्रममा उनलाई उद्घोषकले सह-अध्यक्ष भनेर […]

प्रभात सिंह सप्तरी ,१ कार्तिक ।सप्तरीको निर्वाचन क्षेत्र नम्बर– २ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । यादव र राउतले सप्तरीको एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । जसपा यादव यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३० असोज।अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनका लागि जकपुरधाममा जनमत पार्टीका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छ्न। राजनीतिक दल र स्वतन्त्ररुपमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित नेताकार्यकर्ताहरु लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । धनुषा निर्वाचन क्षेत्र नं.३ मा जनमत […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने आफ्ना नेता कार्यकर्ताको सदस्यता नै खारेज गर्ने चेतावनी दिएका छन् । अध्यक्ष डा. राउतले आज विज्ञप्ती जारी गरेर आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरी अरू उम्मेदबारहरूलाई सघाउनेहरूमाथि कारबाही हुने चेतावनी दिएका हुन् । जनमत पार्टीका उम्मेदबारहरूलाई हरेक ढंगले सहयोग गरी सक्रिय रूपमा दिनरात […]