०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मधेश विशेष

धनुषाको गणेशमान चारनाथको नगरसभा भङ्ग गर्न माग गर्दै जनमतका नेताहरु धर्नामा

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार।धनुषाको उत्तरी पुर्वी भेगमा रहेका गणेशमान चारनाथ नगरपालिकाको आज भएको छैठौं नगर सभा भङ्ग गर्न माग गर्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु धर्नामा बसेका छ्न। बन्द कोठामा नगरसभा गरेको र आम नगरबासीलाई सहभागी नगराएको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले विरेन्द्रबजारस्थित नगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गर्दै नगरसभा भङ्ग हुनुपर्ने माग गरेका हुन् […]

न्यूजमधेश डेस्क सप्तरी ,१९ असार । विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको […]

न्यूजमधेश डेस्क सप्तरी ,१९ असार । केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो । चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् । उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका […]

न्यूजमधेश डेस्क रौतहट ,१७ असार । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकबाट करिब ७ किलोमिटर दक्षिण–पूर्व लाग्दा सिन्दुरेघारी गाउँ पार गरेलगत्तै साना झुपडीका बाक्लै बस्ती देखिन्छन् । मुसहर समुदाय बसोबास गर्ने यो बस्तीमा बिहान एक जना पनि पुरुष देखिँदैन । अर्काको घरमा ज्याला–मजदुरी गर्न जान्छन् । चरम गरिबीको रेखामुनि रहेको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका पुरुष र महिलाहरू एक दिन काम […]

गोपाल प्रसाद बराल महोत्तरी ,१७ असार । झम्केर पानी पर्नासाथ महोत्तरी कारागारका कैदीबन्दीको बिजोग हुने गरेको छ । पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग भएको हो । कारागारको कैदीथुनुवाकक्ष, सुरक्षाकक्षसहितको कारागार परिसरमा बर्खाको भेलले ल्याएको दुर्गन्धित फोहर जताततै देखिन्छ । जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर […]

न्यूजमधेश डेस्क लहान ,१७ असार । अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो । सिन्धुलीतर्फको बहाव तीन मिटर र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । कमला नदीमा लगातारको वर्षाले जलसतह पार गरेको छ ।सिन्धुलीको रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको हो । कमला नदीको बाढीले असर गर्ने धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । लगातार वर्षा भइरहेकाले राती सम्मै सतर्कता साथ […]