न्यूज मधेश,सप्तरी।जिल्लाको बोदेबरसाईन नगरपालिका १ दभारी गाउँबाट प्रहरीले झण्डै एक सय पचास गाँजाको बोट नष्ट गरेका छ्न । ईलाका प्रहरी कार्यालय कडरबोनाका मातहतमा रहेका प्रहरी चौकी सिस्वाबेल्हीबाट प्रसनि दिपेन्द्र कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले सो परिणामको गाँजाको बोट मंगलबार नष्ट गरीएका हुन । गोप्य सुचनाको आधारमा बोदेबरसाईन नगरपालिका वडा नं.१ दभारी टोल स्थित खेत […]
न्यूज मधेश,काठमाडौँ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् । प्रतिष्ठानले आज आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए । मन्त्री पण्डितले स्थानीय तहमा […]
शैलेन्द्र क्रान्ति,जनकपुरधाम।प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बनेका छन् । मुख्यमन्त्री लालबाबु राउतले सोनललाई फोन गरेर कार्यबाहक मुख्यमन्त्रीको जिम्मेबारी दिएका हुन् । बुधबार एन्टाको कार्यक्रममा सहभागि हुन अमेरिका उड्नु अघि मुख्यमन्त्री राउतले मन्त्री सोनलालाई कार्यबाहको जिम्मेबारी दिएको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए । ‘बरिष्ठताको हिँसाबले मुख्यमन्त्री […]
न्यूज मधेश,महोत्तरी।निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएका छन। गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका वडा नं.५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिनुभएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले जानकारी दिएको छ। उम्मेदवार […]
न्यूज मधेश,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज (बुधबार) अमेरिका प्रस्थान गर्दैछन्। एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) कोे साधारणसभामा भाग लिन प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासहित उनी अपराह्न ३ बजे अमेरिकाका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा मंगलबार नै काठमाडौं पुगिसकेका छन्। एन्टा अमेरिकामा बस्ने मधेसी […]
न्यूज मधेश,जलेश्वर।महोत्तरी जिल्लाको पिपरा गाउपालिका अध्यक्ष पदका लागी डा सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार घोषणा गरेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षका लागि जनमत पार्टीले अञ्जली देवी मण्डललाई उम्मेदवार बनाएको हो । डा.राउतले जनमतको चुनाव चिन्ह लाउडस्पिकर (हर्न) छापमा मतदान गरी मण्डललाई विजयी बनाउन सामाजिक सञ्जालबाट आह्वान गरेका छन् । […]
देवराम यादव,सप्तरी।थारु महिला समाज कंचनपुरको आयोजनामा समाचकेबा महोत्सव एक समारोह विच कंचनपुरमा मंगलबार सम्पन्न भएको छ। महोत्सवको प्रमुख अतिथिको आसनबाट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले समाचकेवा पर्व थारु मधेशी समुदायले मनाउने गरेको बताउनु भयो । यो पर्व भाईबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै यसको संस्कृतिको जगेर्नाको साथै संरक्षण गर्न […]
न्यूज मधेश,कैलाली।जिल्लाको मोहन्याल गाउँपालिका वडा नं.५ का वडाध्यक्ष छविलाल हौजालीलाई प्रहरी नियन्त्रणमा लिएको छ । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् । पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण […]