०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

राजनीति

माओवादीका केन्द्रीय सदस्य हलिम जनमत प्रवेश

जनकपुरधाम,४ भाद्र।नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अब्दुल हलिम जनमत पार्टी प्रवेश गरेका छ्न। सोमबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रम बीच माओवादी परित्याग गर्दै नेता हलिमले विधिवत रुपमा जनमत प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन।नेता हलिमलाई पार्टीको सदस्यतासमेत अध्यक्ष डा.राउतले प्रदान गरेको छ। नेता […]

काठमाडौं ।जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका दर्जनौं नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छन। जनमत पार्टी केन्द्रिय कार्यलय बुद्धनगरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा र लोसपाका दर्जनौं नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा जनता समाजवादी पार्टी रौतहटका पुर्वा जिल्ला सहसचिव कल्याण राउत ,सर्लाहीका प्रभावसाली युवा नेता रिकी सिंह,स्वतन्त्र इन्जिनियर एसोसिएसनका प्रफुल […]

काठमाडौं,४ भाद्र । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेपछि बैठक बस्ने तय भएको छ। संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली भने बिरामी […]

काठमाडौं,४ भाद्र । समाजवादी मोर्चाको बैठक जारी छ।नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको हो। यसअघि बैठक आइतबारका लागि तय भएको थियो । तर मोर्चाको घटक एकीकृत समाजवादीको पोलिटब्युरो बैठक चलिरहेकाले बैठक आज बिहानका लागि सारिएको थियो। बैठकमा सदनको गतिरोध, सातै प्रदेशमा मोर्चाले गर्ने भनिएको कार्यक्रमलगायतका विषयमा छलफल हुने […]

काठमाडौं ,३२ साउन।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का नेता धनिकलाल साहसहित विभिन्न पार्टीका नेताकार्यकर्ता कार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बिहीबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनिहरुलाई खादा र टीका लगाएर स्वागत गरेका हुन। नवप्रवेशी नेताकार्यकर्ताहरुलाई अध्यक्ष डा.राउतले पार्टी सदस्यतासमेत प्रदान गरेको जनमत पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेश मण्डलले […]

काठमाडौँ,३२ साउन । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताएका छन् । बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरू एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताएका हुन्। उनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र […]

काठमाडौं,३० साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अन्य केही परियोजनाहरूमा पनि चीनलाई प्रस्ताव गर्ने जानकारी दिए । प्रधानमन्त्री दाहालले मङ्गलवार बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै चीन भ्रमणका क्रममा हुनसक्ने केही […]

जनकपुरधाम,२९ साउन।नेपाल भारत मैत्री युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि भारतिय महावाणिज्य दूतावास खोल्न आवश्यकता रहेको बताएको छ। सोमबार जनकपुरधामको रामानन्द चौकस्थित नेपाल भारत मैत्री युवा संघको केन्द्रिय कार्यसमितिले आयोजना गरेको मित्र राष्ट्र भारतको मंगलवार मनाइने ७७ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रमको सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत […]