०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

स्वास्थ्य

कोरोना जितेर घर फर्के पत्रकार विरेन्द्र रमण

मनोज मोरबैता जनकपुरधाम ,१५ जेठ । नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाकार पत्रकार वीरेन्द्र रमण कोरोना जितेर आज डिस्चार्ज भएका छन् । संचारकर्मी रमण गत वैशाख ३१ गतेको संक्रमण देखेपछि उनलाई सोही दिन प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएको थियो। उनी पहिला देखि नै मुटु रोगका बिरामी समेत थिए । रमणसँगै प्रदेश २ मा […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१४ जेठ । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास […]

न्यूजमधेश सम्बादाता जलेश्वर ,१४ जेठ ।भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टिन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टिन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो । यसअघि १९ क्वारेन्टिन केन्द्र रहेका जिल्लामा अहिले २५ थपेर ४४ पु¥याइएको छ । एक हजार ८४९ श्ययाका ४४ क्वारेन्टिनमा सोमबारसम्म […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ जेठ । मुख्यमन्त्री लालबाबु राउतले सोमबार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जलाई स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गर्नुभएको छ । सो अस्पतालका प्रमुख डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले स्वास्थ्य सामग्रीमा भिटिएम ९५० थान, मास्क चार हजार थान, सर्जिकल पञ्जा एक हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानिटाइजर […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ जेठ ।नेपालमा हालसम्म १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित लाइभ अपडेटमा १५५ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएको हो । संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा […]

मनोज मोरबैता जनकपुरधाम,१३ जेष्ठ। धनुषाको सबैला नगरपालिका १३ मा जग्गा सम्बन्धी विवादमा भएको कुटपिटबाट ३ महिलासहित ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर छ । स्थानीय व्यक्तिले गरेको कुटपिटबाट नागेश्वर यादव, बिमल यादव, आरती देवी, हिरादेवी, सुभनीदेवी घाइते भएका छन् । घाइतेमध्ये नागेश्वर र बिमलको टाउको फुटेको छ । यसमध्ये नागेश्वरको […]

राकेश मैथिल दोहा कतार ,११ जेठ ।कतारमा कोरोनाका बिरामीहरुले स्वास्थ्य लाभ गर्ने संख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ६५७ जनाले स्वास्थ्य लाभ गरेका छन । यस सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या ९ हजार १ सय ७० पुगेको छ । आज जारी तथ्याङ्क अनुसार ३ […]

न्यूजमधेश सम्बादाता रुपन्देही ,१० जेठ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिनुभयो । […]