२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

जनमत पार्टीका उम्मेदवारलाई सहयोग नगर्नेमाथी कारबाही हुने : डा.सीके राउत

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असोज।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई सहयोग नगरी अरु उम्मेदवारहरुलाई सघाउनेहरुमाथी कडा निगरानी र कारबाही हुने जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बताए। अध्यक्ष डा.राउतले आज एक प्रसे विज्ञप्ति निकाल्दै उनले जनमत पार्टीका उम्मेदबारलाई सहयोग नगरी अरू उम्मेदबारहरूलाई सघाउनेहरूमाथि कडा निगरानी र कारबाही हुने जानकारी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असोज।सप्तरीमा प्रतिनिधिसभातर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुरेन्द्र शर्मा( मधेशी) उम्मेदवारी फिर्ता लिएका छन। उम्मेदवारी फिर्ता लिएका सुरेन्द्र शर्मा ( मधेशी) जनमत पार्टीका केन्द्रिय सदस्य हुन। सप्तरी निर्वाचन क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्य पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले बुधबार १२ बजे उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । […]

न्यूजमधेश डेस्क बर्दिया,२६ असोज। बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी पनि निर्वाचन कार्यालयले खारेज गरिदिएको छ। जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीविरूद्ध परेको उजुरीका आधारमा मंगलबार उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएको हो। ‘रेशम चौधरीको […]

श्रवण देव महोत्तरी,२५ असोज । ०७४ को चुनावमा महोत्तरी–३ बाट महन्थ ठाकुरले चुनाव जित्दै गर्दा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष थिए । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता भएसँगै उनीहरु जनता समाजवादी पार्टीमा सँगै रहे । त्यसबेला ठाकुर २७ हजार ५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता विजयकुमार चौधरीले […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असोज। गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन चेतावनी जारी गरेको छ । पछिल्लो समय व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रुपमा ड्रोन उडाएको भन्दै गृहले यस्तो चेतावनी दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार २ केजीसम्मका ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय र सो भन्दा माथिको ड्रोन उडाउन गृह मन्त्रालयबाट अनुमति […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज । सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । ‘आगामी […]

न्यूजमधेश डेस्क धरान ,२५ असोज। मंसिर ४ गते हुने प्रदेश सभा सदस्य पदमा सुनसरी क्षेत्र नम्बर-१ (ख) मा दाजुभाईबीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एस पार्टीका धरान अध्यक्ष रेवतरमण राई र एमाले-जसपा गठबन्धनबाट एमालेका प्रदेश सचिवालय सदस्य विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। चुनाव अगाडि एक अर्कालाइ सहयोग गर्ने […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असोज। वरिष्ठ कलाकार हरिवंश आचार्यले चुनावमा कुनै पनि पार्टीका लागि आफूहरूबाट प्रचार प्रसारको लागि आशा नगर्न आग्रह गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आग्रह गरेका हुन्। उक्त स्टाटसमा आफूहरू सबै राजनीतिक र उमेदवारका साझा मानिस भएकाले आफूहरूलाई कसैले पनि एउटा निश्चित पार्टीको लागि प्रचारको आशा नगर्न र […]