१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

माल्दिभ्समा कोरोनाबाट अहिलेसम्म १५१ को मृत्यु

न्यूजमधेश डेस्क माले, १४ जेष्ठ । कोरोनाभाइरसका कारण माल्दिभ्समा अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको निधन पछिल्लो २४ घण्टामा भएको भन्दै सरकारी अधिकारीहरुले बिहीबार विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य प्रबद्र्धन निकायलाई उदृत गर्दै सार्वजनिक गरिएको विवरण अनुसार कोरोनाका कारण यो महिना मात्रै ७४ जनाको मृत्यु भएको छ । यसअघि सन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ । प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए । उनका अनुसार एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ परेको छ । खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ […]

न्यूजमधेश डेस्क सर्लाही ,१४ जेष्ठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस९कोभिड १९० सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका स्थानीय निकायका प्रमुखहरुले स्थानीय निकाय ‘सिल’ गर्नु पर्ने सुझाव दिएअनुसार निर्णय नगर्दा जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच […]

दुर्गा देवकोटा कैलाली ,१४ जेष्ठ । कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध बिक्री नभएपछि गाइ भैँसीपालक किसान भने मर्कामा परेका छन् । जिल्लामा १५० गाई, भैँसीपालन फार्म छन् भने असङ्गठितरुपमा भैँसीपालन गर्नेहरु त हजारौँ किसान छन् […]

न्यूजमधेश डेस्क कैलाली ,१४ जेष्ठ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जमा भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले आयोजना गरेको रक्तदान कार्यक्रमको चौधौँ दिनमा आज १३८ जनाबाट १३८ पिन्ट रगत जम्मा भएको महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताउनुभएको हो । खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ ।प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको चरणमा प्रवेश गरेको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अर्कालाई स्पष्टीकरणपत्र पठाउँदै कारबाहीको तयारी गरेपछि जसपाको संकट विभाजनउन्मुख बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा दिपेश शाहीले लेखेका छन्। मंगलबार […]