१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो

न्यूजमधेश डेस्क काठमाडौं ,६ जेष्ठ । प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिनुभएको छ । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उहाँ यहाँको श्रीदल गुल्म […]

न्यूजमधेश डेस्क परासी ,६ जेष्ठ । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीले यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य हुनुभयो । दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उहाँ बताउनुहुन्छ । […]

न्यूजमधेश डेस्क कैलाली,६ जेष्ठ । जिल्लाको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा हुनुहुन्छ । तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन् । करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा […]

श्रवण देव जनकपुरधाम ,६ जेष्ठ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ । धनु्षाको विदेह नगरपालिकामा भने स्थानीय सरकारकै अगुवाइमा निषेधाज्ञालाई मजाक बनाउने दृश्य देखिएको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ जेष्ठ । बुधबार नवलपरासीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको दोषीमाथि कडा कारबाहीको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले माग गरेको छ । सीमाक्षेत्रको अस्पतालबाट आफ्नो बुवाको लागि अत्यावश्यक औषधी किन्न गएका नवलपरासी प्रतापपुर गाउँपालिका ६ का २२ वर्षीय अविनाश राजभरलाई प्रहरीले सिधै गोलि हानेर हत्या गरेको प्रति जनमत पार्टीको […]

न्यूजमधेश डेस्क सर्लाही ,६ जेष्ठ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिने सर्लाहीका स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । भोर नामक संस्थाको पहल र दौतरी – फ्रेन्डस अफ फ्यूचरको सहकार्यमा २०७८ जेठ २, ३ र ४ गते उक्त स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको हो । चन्द्रनगर गाउँपालिकाका ७ वटै […]

महेश कुमार दास महोत्तरी,६ जेष्ठ । कारोनाको दोस्रो लहर न्युनिकरणका लागि महोत्तरीमा पनि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण सर्वसाधारणहरु घरभित्र बसेर आ–आफुलाई सुरक्षितय राखेका छन् तर वन तस्करहरुलाई भने निषेधाज्ञाले छेकेको देखिँदैन । निषेधाज्ञाकै मौकाछोपी तस्करहरु वन तस्करमा लिप्त भएका छन् । यस्को ज्वलन्त उदाहरण हो मंगलबार अवेर राति बर्दिवास नगपालिका ८ हात्तीलेटबाट अवैध […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ जेष्ठ । ‘प्रभु हस्पिटल’ नाम सुन्ने वित्तिकै मानिसलाई प्रभु (भगवान) नै हो कि भन्ने भान हुन्छ । हुनु पनि स्वभाविक नै हो । नामै प्रभु छ । तर नाम मात्रै प्रभु भएर पूजा गर्न लायक नहुने रहेछ । त्यसको लागि काम पनि भगवान (प्रभु) को जस्तै गर्नुपर्छ । प्रभु हस्पिटल नाम मात्रैको […]