न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ फागुन । महोत्तरीको भंगहा नगरपालिका ५ राजपुर घर भएका अपांगलाई गल्फ सेवा समाज दोहा कतारले ह्विल चेयर सहयोग गरेको छ । विहिबार संस्थाका नेपाल सदस्य शमशेर कबारीको अध्यक्षतामा अपांग मोक्तार मनसुरलाई ह्विल चेयर पदान गरियो ।यस्तै उनलाई नगर ५ हजार रुपैया समेत आर्थिक सहयोग गरेको छ । समाजका सदस्य महबुब आलमको […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीले सत्ता समिकरणका विषयमा छलफल गर्न जसपाका ५ शीर्ष नेताहरुलाई साँझ ५ बजे बालुवाटार बोलाएका हुन् । ओलीले बोलाएका नेताहरुमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा।बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई रहेका छन् । […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ फागुन । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,२६ फागुन।प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामबाट डेढ लाख घुससहित आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचोलिया अख्तियारको फन्दामा परेको छ । उनी दुवै जनालाई जनकपुरको जिरोमाई स्थित रहेको अन्नपूर्ण होटलबाट अख्तियारको कार्यालय बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचोलिया नविन कर्णलाई नियन्त्रणमा लिएको हो । डेढ लाख रुपैया […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ फागुन । जनकपुर जेसीजले मृत्यू भएका एक यूवकको परिवारलाई आर्थिक सहयोग गरेको छ । जनकपुर जेसिजका सदस्य समेत रहेका दिलीप यादवको फागुन २२ गते ३० वर्षको उमेरमा मृत्यु भएको थियो । मृतक यादव परिवारको आर्थिक अवस्था कमजोर रहेकाले जेसिजले सहयोग गरेको हो । मृतक यादवको परिवारलाई जनकपुर जेसिज परिवारले २५ हजार […]
न्यूजमधेश डेस्क जकपुरधाम ,२६ फागुन । डा सीके राउत नेतृत्वका जनमत पार्टीमा प्रवेशको लहर चलेको छ । मधेशका विभिन्न जिल्लाहरुमा अहिले विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेशको जनलहर चलिरहेको छ । मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश […]
न्यूजमधेश डेस्क टीकापुर, २६ फागुन।कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ । यसअन्तर्गत विभिन्न आठवटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने तयारी भएको छ । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ फागुन । प्रदेश नम्बर २ अस्थायी राजधानी जनकपुरधाममा रहेको रामजानकी अस्पतालले गरिबका छोरालाई फ्रीमै उपचार गरेका छन् । मंगलबार अस्पतालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माहीको बजरंग ठाकुरको एक वर्षीय छोरा भरोसी ठाकुरको उपचार अस्पतालले निःशुल्क गरेको छ। ज्वारो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या […]