न्यूजमधेश डेस्क महोत्तरी ,२० चैत्र।भोलि सोमबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत महोत्तरी जान लागेको हो। बिगत दुई महिनादेखि चलाउदै आइरहेको जनमत माटो यात्राको क्रममा भोलि महोत्तरीको विभिन्न पालिकामा माटो संकलन गर्ने कार्यक्रम रहेको जनमत पार्टी महोत्तरीका जिल्ला सचीव बिरेन्द्र कुमार मण्डलले बताउभयो। महोत्तरीको सोनमा गाउँपालिका ,औरही नगरपालिका ,भंगहा नगरपालिकामा माटो संकलन गर्दै अध्यक्ष […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० चैत्र।पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल आयल […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० चैत्र। इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरु भएको छ। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन […]
न्यूजमधेश डेस्क सर्लाही,१९ चैत्र । जानकीनगर साझेदारी वनमा पछिल्लो केही समय यता व्यापक मात्रामा सालका रुख चोरी तस्करी बढेको छ । सर्लाहीको हरिवन नगरपालिका–६, र हरिपुर नगरपालिका–१, मा फैलिएको यस साझेदारी वनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो । केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस वन तस्करहरूको चंगुलमा परे यता […]
न्यूजमधेश डेस्क मिर्चैया ,१७ चैत्र।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। महिला जनमत संघ सिरहाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा जसपा सिरहा जिल्ला सदस्य समेत रहेका अमृती देवि यादवकी नेतृत्वमा दर्जनौं महिला नेत्रीहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको हो। उनिहरुलाई महिला जनमत संघ सिरहा अध्यक्ष गंगा देवी यादव फुलमाला […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ चैत्र।वीरेन्द्रनगरका हरि कँडेल आफन्त बिरामी भएर शुक्रबारदेखि अस्पतालमा कुरुवा बसेका थिए। शनिबार विहानै उनी औषधि लिन नजिकैको फार्मेसीमा जाँदै गर्दा कुकुरले भर्खरै जन्मेको जस्तो देखिने बच्चालाई मुखमा च्यापेर अस्पतालको इमरजेन्सी कक्ष बाहिरबाट हिँडिरहेको थियो। उनले फोटो खिचेर तत्कालै सामाजिक सञ्जालमा पोष्ट गरे। अहिले यो दृष्य सामाजिक सञ्जालमा भाइरल छ। कर्णाली प्रदेशकै ठूलो […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ चैत्र ।यो अलि अगाडिको प्रसङ्ग हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश भइसकेका एक जना व्यक्ति यतिबेला भारतका सन्यासी जीवन बिताइरहेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर, पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा यतिबेला भारतमा सन्यासी जीवन बिताइरहेका छन्। २०६९ सालमा प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेर गएपछि न्यायालयको बागडोर दामोदर शर्माले सम्हालेका थिए। उनकै […]
नयाँ दिल्ली ,१९ चैत्र। भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ । पछिल्लो १२ दिनमा १० पटक मूल्य […]