न्यूजमधेश डेस्क काठमाडौं ,१६ फागुन। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि देखिएको छ । एमसीसी व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्न पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले […]
न्यूजमधेश डेस्क काठमाडौं,१६ फागुन।एमालेले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्नु गलत भएको जनाएको छ। अन्तर्राष्ट्रिय कानुनले नचिनेको व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहने एमालेको दाबी छ। एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले एमालेले संसद् अवरोध गरिरहेको अवस्थामा जबर्जस्ती पारित गर्नु गलत भएको बताए। ‘अन्तर्राष्ट्रिय कानुनले यो व्याख्यात्मक टिप्पणी चिन्दैन। यसरी पारित गर्नु भनेको लाज पचाउनु र […]
न्यूजमधेश डेस्क काठमाडौं,१६ फागुन।युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरेको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरी तत्काल सैन्य कारबाही रोक्न आदेश दिन माग गरिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका नेतासँग कुराकानी गरेको बताएका छन्। […]
मदन ठाकुर रौतहट ,१५ फागुन।रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले दुई लाख पचास हजार नगद तथा दुई लाख पचास हजारको चेकसहित अख्तियारको टोलिले मेयर कक्षबाटै रङ्गे हात पक्राउ गरेको श्रोतले जनाएको छ। […]
न्यूजमधेश डेस्क नवलपरासी ,१५ फागुन।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा राप्रपाका कोषाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ताहरु पार्टी प्रवेश गर्नुभएको हो। आइतबार रामग्राम नगरपालिका-१३ कुनारेमा राखिएको पार्टी प्रवेश कार्यक्रममा राप्रपा रामग्राम नगरपालिकाका कोषाध्यक्ष सरस्वती चौधरीलगाइत विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई अबिर र खादा लगाएर जनमत पार्टीका केन्द्रिय सदस्य बालगोबिन्द चौधरी,पार्टीका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन।धनुषाको सहिदनगर नगरपालिका १र २ को सिमामा अबस्थित राष्ट्रिय प्राथमिक बिद्यालय सुन्द्रपुर चिरैयाको अगाडिमा एक वर्षदेखि सडकमा आवतजावत गर्नमा विद्यार्थीहरुलाई निकै कठिनाइ भैरहेको थिए। सो बाटो मर्मत गर्नको लागि पटकपटक वडाध्यक्ष तेजिलाल यादव र मेयर उयद बरबरियालाई हारगुहार गरेपनी उनिहरु कुनै चासो देखाएन। डा सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन विद्यार्थी जनमत […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ फागुन।मधेश प्रदेशका सर्लाही जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बरहथवाबाट कौडेनातर्फ जाँदै गरेको प्र.२-०३-०१९प ३६०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई धनकौल गाउँपालिका-२ मधुवनी नयाँरोड सडकखण्डस्थित लँगडा पुलमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कौडेना गाउँपालिका-३ बस्ने ३५ वर्षका मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन।धनुषाको मिथिला बिहारी नगरपालिका ४ कजरा रमौलमा विभिन्न पार्टी परित्याग गरि ५० जना जनमत पार्टीमा प्रवेश गरेको छ। शनिबार कजरा रमौलमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपालि कांग्रेस ,एमाले,माओवादी र जसपा परित्याग गरि ५० जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई जनमत पार्टीका युवा नेता चन्द्रदिप यादवलगाइतका नेताहरु अबिर लगाएर […]