दिपेन्द्र कुमार यादव ,सिरहा । धोती दिवस मनाउन काठमाडौंको माइतीघर गएका मधेशीहरूलाई प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेपछि सिरहामा राजमार्ग अवरुद्ध पारिएको छ । जनमत पार्टीका नेता कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका-८ स्थित कसहा चोकमा राजमार्गमै टायर बाली प्रदर्शन थालेका हुन् । ‘धोती दिवस’ लेखिएको ब्यानरसहित आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका ५८ […]
जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया छन् । नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले पुष्टि गरे । उनका अनुसार मुखिया पनि आन्दोलन गर्न पुगेका […]
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । जनमत पार्टीबाट मन्त्री अनिता देवी साहले आइतवार कर्मचारी प्रशासन महाशाखाका प्रमुखसहित स्थानीय तह क्षमता विकास र संघीय मामिला महाशाखा प्रमुखहरूलाई अदली बदली गरेकी हुन् । मन्त्री साहले स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख राम कुमार महतोलाई कर्मचारी प्रशासन महाशाखा […]
जनकपुरधाम ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मालपोत कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै मेयर सुखदेव यादवले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएको छ। लामो समयदेखि क्षिरेश्वरनाथ नगरपालिाका, महेन्द्रनगरमा मालपोत कार्यालयको शाखा स्थापना नहुदा ग्रामीण भेग सेवाग्राहीहरु मर्कामा परेको भन्दै तत्काल यहाँ कार्यालय स्थापना गर्न माँग गर्दै मेयर यादवले धनुषाको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेलाई ज्ञापन पत्र […]
बोदे बरसाईन(सप्तरी ) । भारतीय अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि सप्तरीका कुखुरा व्यवसायी चिन्तित भएका छन् । सप्तरीका बोदे बरसाईन धर्मशालामा सोमबार जिल्लाका कुखुरा व्यावसायको भेलाले जिल्लामा बढ्दो अवैध कुखुरा आयातले कृषकलाई डिलरबाट उठाएको चल्ला र दानाको रकम तिर्न समस्या भई रहेको गुनासो गरेका छन् । जिल्लाका मुख्य नाका तिलाठीबाट सुरक्षाकर्मीले आयात हुन नदिए […]
जनकपुरधाम । सबैभन्दा ठूला उत्सवहरूमध्ये एक साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजबाट सुरू हुँदै छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आयोजना गरिँदै आएको छ । आज पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान् राम पहिलो पटक […]
जनकपुरधाम । चुरे संरक्षणप्रति सरकार सम्वेदनशिल नभएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक तथा चुरे अभियन्ता सुनिल कुमार यादवले चरणवद्ध संघर्षको घोषणा गरेका छन् । अभियानी यादवले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सात बुंदे माग अगाडी सार्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । अभियानी यादवले वन क्षेत्रमा सुशासन, प्राकृति श्रोत साधन सम्पदा संरक्षण […]
बारा । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले आज बारामा यातायात ब्यवस्था कार्यालयको उद्घाटन गरेका छन् । मन्त्री सिंहले जिल्लाको सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा स्थापना गरेको कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले ड्राईभिङ्ग लाईसेन्स अब १० बर्षको लागि बनाउन […]